पुनः रिलिज हुँदै ‘बम्बे वेलवेट’
screennepal
प्रकाशित: २०७२, २८ असार सोमबार
no img

bambay-velvet-trailer

मुम्बई । फिल्म छायांकन र निर्देशन राम्रो गरे मात्रै हुँदैन । एउटा फिल्म सफल हुनका लागि प्राविधिक पक्ष एडिटिङ पनि उत्ति नै राम्रो हुनुपर्छ । फिल्म ‘बम्बे वेलवेट’ यस्तै भएको छ । यस वर्षको सुरुमै रिलिज भएको अनुराग कश्यपको फिल्म ‘बम्बे वेलवेट’ बक्स अफिसमा फ्लप साबित भएको थियो । फिल्म फ्लप भएपछि निर्माताले नोक्सानी बेहोर्नुपरेको थियो । फिल्म रिलिज भएको निकै समयपछि निर्माता निष्कर्ष निकाले, ‘फिल्मको सम्पादनमा त्रुटी भयो ।’ त्यसैले अब फेरि यो फिल्म रिलिज गर्ने निर्माताले सोच बनाएका छन् । समाचारमा जनाइएअनुसार रि–एडिटिङ गरेर फिल्म रिलिज गर्न लागिएको हो । हाल फिल्मको पुनः एडिटिङ भइरहेको छ । यसपटक फिल्मको एडिट थेल्मा कोलबर्टले गर्दैछन् । थेल्मामा पछिल्लो ४० वर्षयता हलिउडका चर्चित निर्देशक मार्टिन स्र्कोरसीसीका साथ काम गर्दै आएका छन् । समाचारमा बताइएअअनुसार फिल्म ‘बम्बे वेलवेट’ आउने अक्टुबरमा पुन रिलिज गरिने छ । (एजेन्सी)

Comments