असार अन्तिममा ज्योती
screennepal
प्रकाशित: २०७२, २६ असार शनिबार
no img

Jyoti magar

काठमाडौं । चर्चित लोकगायिका हुन् ज्योती मगर ।  उनलाई भर्सटायल गायिका पनि भन्ने गर्छन् । ग्ल्यामरसमा उनको छवि नै बेग्लै छ । लोकगायनलाई अँगाले पनि ज्योतीले प्रायः आधुनिकतालाई आश्रय दिँदै आएका छन् । उनी नेपाली लोकमा वेस्टर्न फ्युजन गर्न खप्पिस छिन् । गीतमा मात्र नभई फेसनमा समेत उनको वेस्र्टन झल्किन्छ । केही समयअघि ‘पिरतीमा दम छ’ गीत रिलिज गर्दा ज्योतीमाथि एउटा प्रश्न चिन्ह लागेको थियो, ‘के ज्योती लोकगायिका नै हुन् त ?’ तर, भन्नै पर्दैन कि ज्योती लोकगायिका हुन् । फरक यति हो, उनी अहिलेको पुस्तालाई प्रतिनिधित्व गर्न चाहन्छिन् । उनको पहिरनमाथि बेलाबेला उठ्ने प्रश्नको जवाफमा पनि ज्योतीले भन्ने गरेकी छन्, ‘यो मेरो पहिरन होइन, बढ्दो आधुनिक समाजको ऐना हो ।’ हो, यिनै भर्सटायल तथा ग्ल्यामरस गायिका ज्योती मगरको असारे पोजमा जक्सन डटकमले खिचेको हट तस्बिर यो असार अन्तिम साता हामीले ‘फेस अफ द वीक’मा राखेका छौं । (यी तस्बिर ज्योतीको फेसबुकबाट लिएका हौं)

Jyoti magar (3)

Jyoti magar (2)

Jyoti magar (1)

Jyoti magar (6)

Jyoti magar (5)

Jyoti magar (4)

Comments