उर्लाबारीमा आदिबासी जनजाति चलचित्रबारे अन्तरक्रिया
screennepal
प्रकाशित: २०७२, २६ असार शनिबार
no img

मोरङ (उर्लाबारी) । याक्थुङ मुन्चुइत चोक सयङको आयोजनामा मोरङको उर्लाबारीस्थित होटेल सिंघिममा आदिबासी जनजाति मातृभाषाका चलचित्रको महत्व र बजारको विषयबारे बृहत अन्तरक्र्रिया आयोजना गरिएको छ ।

urla

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख अतिथ्यमा आयोजित अन्तरक्रियामा चलचित्र पत्रकार एवं आदिबासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि इण्डिजिनियस फिल्म अर्काईभका अध्यक्ष नबीन सुब्बा र स्थानीय संचारकर्मी अबोध अविरलले टिप्पणी गरेका थिए ।
लिम्बु चलचित्रकर्मीहरुको संगठन याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्य चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पु-याएवापट प्रेम सुब्बा र अपर्णा शेर्मालाई सम्मान प्रदान गरिएको थियो। यसै कार्यक्रममा चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकोमा आयोजक संस्थाको तर्फबाट राजकुमार राईलाई शुभकामना प्रदान गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने क्रममा कार्यपत्र प्रस्तोता तुलाधरले आदिबासी जनजाति चलचित्रहरुको बजार अहिले केही च्यारिटी शो र डिभिडिमा सिमित रहेको बताउँदै योबाहेकको पनि बजार रहेको कुरा आंैल्याएका थिए थियो भने प्रमुख अतिथि राईले आफू बोर्डमा रहुन्जेलसम्म संधै नेपालको चलचित्रको हकहितकै पक्षमा लाग्ने प्रतिबद्दता जनाए ।
किरात राई चलचित्रकर्मी संघ र थारु चलचित्रकर्मी संघ सहआयोजक, आदिबासी जनजाति चलचित्र महासंघ संयोजक र चलचित्र विकास बोर्डको आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति प्रायोजक रहेको यस कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार लगायत युवराज मास्कि रानामगर, अरुण प्रधान, अशोक चेम्जोङ, प्रेम सुब्बालगायतका व्यक्तित्वहरुले आदिबासी जनजाति चलचित्रका विविध पक्षमाथि धारणा राखेका थिए ।

Comments