नेफ्टा अवार्ड तयारीका लागि आयोजक कतारमा
screennepal
प्रकाशित: २०७२, २५ असार शुक्रबार
no img

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिना आठौ नेफ्टा फिल्म अवार्डको तयारीका लागि कतार पुगेका छन् । अन्तराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले यो बर्ष कतारमा अवार्ड आयोजना गर्न लागेको हो । यसअघि अवार्ड कार्यक्रम मलेसिया र हङकङमा सम्पन्न भैसकेको छ ।

anaanta-and-manoj
कतारमा भव्य स्वागत पाएपछि अध्यक्ष केसी र महासचिव अनन्त तिमिल्सिनाले खुशी व्यक्त गरे । उनीहरुले कतारमा अवार्डको तयारी जोडतोडका साथ भैरहेकाले अवार्ड भव्य हुनेमा दुइमत नरहेको बताए । अध्यक्ष केसीले अवार्डको तयारी देखेर आफूहरु पनि छक्क परेको बताए ।
उनीहरुले कतारमा अवार्ड आयोजना हुने हल र तयारीको बारेमा जानकारी लिनेछन् । उनीहरु सोमबार नेपाल फर्कने र नेपालमा अवार्डको तयारीमा लाग्नेछन् । अहिले नेफ्टा अवार्डका लागि धमाधम चलचित्र हेर्ने काम भैरहेको छ ।

Comments