सिनेमा हलमा साउथ कलाकारको भीडन्त
screennepal
प्रकाशित: २०७२, २४ असार बिहीबार
no img

काठमाडौं । यो साता अर्थात् शुक्रबार दुई चलचित्र रिलिज हुँदैछन् । जसमा नेपाली ‘जंगभूमि’ हिन्दी ‘बहुबली’ छन् । संयोग कस्तो भएछ भने यी दुवै चलचित्रमा साउथका कलाकार छन् भने दुवैलाई ऐतिहासिक चलचित्र बताइएको छ । ‘जंगभूमि’ मा दक्षिण भारतीय फिल्मीकी चर्चित हिरोइन रानी चटर्जीलाई र विराज भट्ट मुख्य भूमिकामा देखिँदैछन् । चलचित्रमा एउटी नारीको संघर्षलाई चित्रण गरिएको छ ।

janga
रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रको प्रस्तुतकर्ता करण श्रेष्ठ ‘क्रेजी’ हुन् । करणका अनुसार ‘जंगभूमि’ अधिकांश सिंगल थिएटर र केही मल्टिप्लेक्स हलमा लाग्दैछ । करणले भने, ‘भूकम्पपछि नेपाली चलचित्र रिलिज नभइरहेको अवस्थामा ‘जंगभूमि’ रिलिज गर्दैछु । दर्शकले यो चलचित्र रुचाउँछन् भन्ने अपेक्षा गरेको छु ।’ उनका अनुसार ‘जंगभूमि’ नारीप्रधान एक्शन चलचित्र हो । तर, फिल्ममा विराजको सेन्टिमेन्ट पनि देख्न सकिने छ । चलचित्रका विराजबाहेक अधिकांश कलाकार, प्राविधिक साउथका छन् ।

bahubali
त्यस्तै, हिन्दी फिल्म ‘बाहुबली’ मा दुई भागमा निर्माण गरिएको छ । फिल्ममा एक ऐतिहासिक कथा प्रस्तुत गरिएको छ । भनिन्छ, यो भारतीय सिनेमाको इतिहासमा यो एक महँगो फिल्म पनि भनिएको छ । फिल्ममा एक राज्यबाट अर्को राज्य कब्जा जमाउन दुई भाईले गरेको संघर्ष उतारिएको छ । २ सय ५० करोड भारुमा निर्माण गरिएको ‘बाहुबली’ शुक्रबारबाट संसारका ४ हजारभन्दा बढी स्क्रिनमा रिलीज हुँदैछ । यसका अलाव यो फिल्म अमेरिकामा पनि १३५ स्क्रिनमा रिलीज हुँदैछ । ‘बाहुबली’ को दोस्रो हिस्सा आगामी सेप्टेम्बरमा रिलीज हुने बताइएको छ । एसएस राजमौली निर्देशित यस फिल्ममा रोमान्च र एक्शन दुवै रहेको छ । फिल्ममा प्रभास, राणा दुग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सुदीपजस्ता साउथका कलाकारको अभिनय रहेको छ ।

Comments