रेखाको संगीतमा ‘अर्को जूनी कुन्नि भेट हुनेकी नहुने’
screennepal
प्रकाशित: २०७२, २३ असार बुधबार
no img

rekha

काठमाडौं । अभिनेत्री, निर्मात्री हुँदै निर्देशक बनेकी रेखा थापा अब संगीतकार पनि भएकी छन् । रेखाले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’ का लागि संगीत गरेकी छन । रेखाद्वारा संगीतबद्ध ‘रामप्यारी’ को ‘अर्को जूनी कुन्नि भेट हुने की नहुने’ बोलको गीत मंगलबार राजधानीको म्युजिसियन स्टुडियोमा अहिलेका चर्चित गायक राजेशपायल राईले रेकर्ड गाए । रेकर्डिङमा रेखा भने अनुपस्थित थिइन् । उनी अमेरिकामै भएकाले भाइबरबाटै गायक राजेशपायललाई निर्देशन दिएकी थिइन् । गायक राजेशपायलले रेखाको संगीतमा गीत गाएपछि भने, ‘संगीत सिक्नेले मात्र गर्न सक्छन् भन्ने छैन । रेखाको पनि संगीत राम्रो छ ।’ रेखा ‘हिम्मतवाली’मार्फत निर्देशक बनेका हुन् । उनी यस चलचित्रबाट सफल निर्देशक पनि ठहरिएकी छन् । अब संगीतकारका रुपमा पनि रेखाले आफ्नो स्थान बनाउन सक्ने यसै गीतबाट सम्भावना देखिएको छ । ‘रामप्यारी भदौमा छायांकन जाने बताइएको छ । चलचित्र ‘रामप्यारी’ को निर्देशन सहवीर श्रेष्ठले गर्दैछन् ।

rekha 1

Comments