रातको २ बजे होटलमा भेटिए दीपिका र रणवीर सिंह
screennepal
प्रकाशित: २०७२, २२ असार मंगलवार
no img

deepika_ranveer_s

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह राति २ बजे एक होटलमा भेटिए । गएको शनिबार राधारातमा होटलमा भेटिएपछि बलिउड नगरीमा अहिले यिनीहरुकै चर्चा छ । समाचारमा जनाइएअनुसार सुरुमा दीपका होटलको लबीमा देखिइन् । दीपिका र रणवीर सिंह मात्र नभइ अरु ६ स्टारले पनि त्यस रात होटलमै बिताएका थिए । होटलमा दीपिका सफेद डे«समा थिइन् । उनलाई देख्दा लाग्थ्यो, कसैलाई कुरीरहेकी थिइन् । केही मिनेट पछि नै सुपरमेन टी–शर्ट लगाएर रणवीर सिंह आइपुगे । रणवीरसँग लगेज पनि थियो । त्यसैले उनले सिक्यूरिटी चेक गराएर दीपिकाका होटलमा चेक इन भएका थिए ।

गोरेगाउँमा फिल्म सिटी स्टूडियोमा यी दुई हिजोआज सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ को सुटिङमा छन् । सायद उनीहरु केही समय आराम गर्न होटलमा आएका थिए । समाचारमा नजाइएअनुसार रणवीर हिजोआज फिल्म सिटी नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् । त्यस दिन रणवीरको प्रि–बर्थडे सेलिबे्रसन थियो । रणवीरले सोमबार ३०औं जन्मदिन मनाए । त्यसकै लागि उनीहरु सुटिङबाट विदा लिएर होटलमा आएको बताइन्छ । (एजेन्सी)

Comments