रमिताले मोडलिङ गर्दै ल्याइन् ‘प्ले ईट’
screennepal
प्रकाशित: २०७२, २० असार आईतवार
no img

ramita

काठमाडौं । मोडल तथा गायिका रमिता भण्डारी सुरिलो स्वरसहित ‘प्ले ईट’मार्फत श्रोतामाझ आएकी छन् । उनको एल्बम एक कार्यक्रमबीच बिमोचन गरिएको छ । ललितपुरमा आयोजित ईभेन्टमा रमिताको एल्बम बिमोचन गरिएका थियो । कार्यक्रममा नेपाली गीतसंगीतका क्षेत्रका मुर्धन्य व्याक्तित्वहरुको उपस्थिति थियो ।
बिमोचन कार्यक्रममा गायक धिरज राई, प्रदेश लिम्बु तथा एनके ब्याण्डका सदस्यलगायतका संगीतकर्मी थिए । मोडलिङमा समेत जम्दै गरेकी यी सुन्दरीले आफ्नो स्वर श्रोताले रुचाउने विश्वास गरेकी छन् । एल्बममा समावेश प्रायः गीत यसअघि नै सामाजिक सञ्जाल यु–ट्युवमा सार्वजनिक भइसकेका थिए । एल्बममा ६ वटा अडियो गीत यु–ट्युवमा समेत उपलब्ध छन् । भने केहि गीतको भिडियो पनि तयार भइसकेको छ । बिमोचन कार्यक्रममा एल्वममा समावेश ‘पार्टी नाईट’ को भिडियो प्रिमियर गरियो ।

ramita 1
शास्त्रीय संगीतसमेत दख्खल भएकी रमिताले आफुलाई गितारिष्टको रुपबाट पनि परिचित गराउन चाहन्छिन् । रुशलाईट मिडियाको तर्फबाट श्रोतामाझ आएको  ‘प्ले ईट’मा रमिताको एकल स्वर छ ।  रमिताले १४ बर्षकै उमेरमा पहिलो एल्वम निकालेकी थिइन् । यसबीचमा केहि समय मोडलिङमा भुलेकीले पुनः गायन बिधालाई अँगाल्न ‘प्ले ईट’ श्रोतामाझ ल्याएको उनको भनाइ छ ।

Comments