अञ्जुको ‘मन भित्रको’ सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

man bhitrako

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा ‘मन भित्रको’ बोलको नयाँ गीतसँगै म्युजिक सार्वजनिक गरिएको छ । राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाको शब्दरचना तथा मिलन तिमिल्सिनाको संगीत रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन नृपत्येन्द्रध्वज राणाले गरेका हुन् । म्युजिक भिडियोमा एसके थापा र ह्याप्पीले मोडलिङ गरेका छन् । नविन श्रेष्ठले खिचेको यस भिडियोलाई ग्रीन टच मिडियाले निर्माण गरेको हो । भिडियो रिलिज गरेसँगै श्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको ग्रीन टच मिडियाले जनाएको छ ।

Comments