‘न्युड हुनु स्टन्ट गरेजस्तै हो’
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img

न्युर्योक । हलिउड अभिनेत्री एमिलिया क्लार्कले एक बोल्ड अन्तर्वाता दिएकी छन् । उनले भनेकी छन्, ‘फिल्मी अभिनयमा कपडा खोल्नु (न्युड सीन) दिँदा अति आनन्द लाग्छ ।’ एमिलियाका अनुसार न्युड सीन स्टन्ट गरेजस्तै हो । उनी अभिनीत फिल्म ‘टमिर्नेटर जेनेसिस’ चाँडै रिलिज हुँदै छ । अभिनेत्री एमिलियाको भनाइमा हलिउड सुपरस्टार आर्नल्ड श्वार्जनेगरले होमा हो थपेका छन् । आर्नल्डले भने, ‘फिल्ममा कपडा खोल्ने सीन शर्र्मिदो भएपनि आनन्द लाग्छ । केही फिल्ममा यस्तो सीन दिँदा म घर्बराएको थिएँ । तर रमाइलो लाग्यो ।’

Emilia-Clarke-lips
आर्नल्ड र एमिलियाले एक वेबसाइटलाई सँगै अन्तर्वाता दिएका छन् । उनीहरु अन्तर्वातामा भनेका छन्, ‘न्युड सीन्स लाजमर्दो हो तर उत्तिकै आनन्द र रमाइलो पनि हुन्छ ।’ कुराकानीका क्रममा आर्नल्डले न्युड सीन जरुरी भएको बताएका छन् । उनले भने, ‘फिल्मको कथाले नै मागेपछि न्युड सीन दिनु आवश्यकता हो । यस्तो बेला कहिलेकहिँ बच्न सकिन्छ भने कहिले सकिँदैन ।’
यस्तै, एमिलिया क्लार्कले भनिन्, ‘हो, म पनि केही चिज लुकाउने कोशिस गर्छु । तर, फिल्मका लागि कपडा खोल्नु स्टन्टजस्तै हो । स्टन्ट गर्दा जसरी रमाइलो हुन्छ । कपडा उतार्दा पनि त्यस्तै हो ।’ भनिन्छ, ‘टमिर्नेटर जेनेसिस’ फिल्म ‘टमिर्नेटर’ को पाँचौ सीरीज हो । यस फिल्ममा एमिलिया क्लार्क, जेसन क्लार्क र जय कार्टनी पनि मुख्य अभिनय छ । यस फिल्मको निर्मााण स्काइडान्स प्रोडक्शनले गरेका हो भने वितरण वायकोम १८ मोशन पिक्चर्सले गर्दैछ । (एजेन्सी)

Comments