मानव बस्तीमा सैनिक विमान दुर्घटना
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
no img

An-Hercules

एजेन्सी । इन्डोनेसियाको मानव बस्ती बीचमा एक सैनिक विमान दुर्घटना भएको छ । मंगबार मेडान सहरबाट उडेको सैनिक विमान उत्तरी सुमात्रा द्वीपमा दुर्घटनाग्रस्त भएको एजेन्सीले जनाएको छ । इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी–१३० जहाज दुर्घटना भएको हो । दुर्घटनाबाट के कति हताहति भयो भन्ने पूरा विवरण आएको छैन । बिबिसीले विमानमा १२ जना क्रियु सदस्य रहेको जनाएको छ । विमान घरमाथि खसेको इन्डोनेसियन समाचार एजेन्सीहरुले जनाएका छन् । एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट उडेको केही मिनेटमै जहाज दुर्घटना भएको जानकारी दिएका छन् । मेडानमा १० वर्षपछि विमान दुर्घटना दोहोरिएको हो । सन् २००५ सेप्टेम्बरमा बोइङ ७३७ दुर्घटना हुँदा १४३ को मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

_83938221_83938220

An-Hercules-1

तस्बिर एजेन्सी

Comments