हेर्नुहोस् पत्रकार डिबीको डेब्यु निर्देशन म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

पत्रकार डिबी खड्काले निर्देशन गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको संगीत सन्तोष श्रेष्ठले गरेका हुन् भने भावना कोइरालाले शब्द लेखेकी हुन् ।

‘मुटु जलाई’ बोलको गीतको म्युजिक भिडियोमा मोडल सनम, ममता र पदम रहेका छन् । संघर्षरत गायकको कथालाई लिएर बनाइएको म्युजिक भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनमले गायकको भूमिकामा ।
भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेको हुन् र एडिटिङ अर्जुन पोखरेलले गरेका हुन् ।
भिडियो लिंक

Comments