बलरामले कोरेका प्रेमभावनामा नम्रता र ओमको समर्पण (भिडियो)
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img
namrata-sapkota

नम्रता सापकोटा

काठमाडौं । प्रेमको कुरा समेटेर गीतकार बलराम न्यौपानले शब्दहरु खर्चेका छन् । गायिका अञ्जु पन्तको आवाज समावेश ‘धती फाटोस् आकाश झरोस्’ बोलको गीतमा प्रेमका भावनाहरु गीतकारले शब्दमा उतारेका छन् । ५ बर्षदेखि गीत लेखनमा सक्रिय न्यौपानाले डेढ दर्जन गीत लेखिसकेको बताए । उनले आफूले पैसा कमाउनभन्दा मनमा उब्जेका भावनालाई शब्दमा उतारेको बताए । गीत लेखेरै पैसा कमाउने धुनमा आफू नलागेको उनको तर्क छ । दीपक शर्माले संगीत भरेको गीतको भिडियोमा ओम क्षेत्री र नम्रता सापकोटाले मोडलिङ गरेका छन् । गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमै आफ्नो गीतले राम्रै चर्चा पाइरहेको गीतकार न्यौपानाले बताए ।

Comments