‘जंगभूमि’मा रानी चटर्जी र विराजको प्रेम
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

biraj bhatta actor

काठमाडौं । २५ असारमा राजधानीलगायत देशका विभिन्न सहरका सिनेमा हलमा एक फिल्म रिलिज हुँदै छ, जुन फिल्ममा दर्शकले दक्षिण भारतीय फिल्मीकी हिरोइन रानी चटर्जीलाई देख्न पाउनेछन् । रानी दक्षिण भारतीय फिल्ममा चम्किएकी नाम हो । फिल्मको नाम हो, ‘जंगभूमि’ । नेपाली र भोजपुरी भाषाका निर्माण गरिएको यस चलचित्रमा रानीसँगै विराज भट्टको मूख्य अभिनय रहेको छ । रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘जंगभूमि’का प्रस्तुतकर्ता करण श्रेष्ठ ‘क्रेजी’ हुन् । उनैले यो फिल्म नेपालमा रिलिज गर्न लागेका हुन् । १२ बैशाखको महाभूकम्पपछि नयाँ फिल्म सिनेमा हलमा नआइरहेको अवस्थामा ‘जंगभूमि’ रिलिज गर्ने हिम्मत गरेको करण बताउँछन् ।

Rani Chatterjee image

रानी चटर्जी

यो साता एक नयाँ फिल्म रिलिज हुँदै छ । पक्कै उक्त फिल्मका निर्माताले पनि हिम्मत गरेरै रिलिज गर्न लागेका हुन् किनकि, महाभूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनले गर्दा त्रसित मन लिएर दर्शक सिनेमा हल जाने अवस्था नभएकाले धेरैले आफ्ना फिल्म रिलिज गर्न आनाकानी गरिरहेका छन् । तर, अवस्था सामान्य भइसकेको छ । पराकम्पन कम भएको छ । तैपनि निर्माताहरु आफ्नो फिल्म रिलिज गर्न आनाकानीमै छन्, जसले गर्दा केही सातायता हिन्दी फिल्मले मात्र सिनेमा हल धान्दैछ । यसैबेला रिलिज गर्न लागेको आफ्नो फिल्मबाट अभिनेता समेत रहेको निर्माता करण आशावादी छन् । उनी भन्छन्, ‘नयाँ फिल्म् नआइरहेको अवस्थामा ‘जंगभूमि’ रिलिज गर्दै छु । दर्शकले पनि रुचाउँछन् भन्ने अपेक्षा लिएको छु ।’ उनका अनुसार ‘जंगभूमि’ नारीप्रधान एक्शन फिल्म हो । र, दर्शकले चाहेको सबै मसला फिल्ममा छ ।

Comments