बिनिता बरालको असारे पोज !
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

अभिनयमा व्यस्त रहेकै समय अग्र्यानिक खेतीतिर लम्किएकी अभिनेत्री तथा मोडल बिनिता बरालको असारे पोज । समय सान्दर्भिक भएकाले बिनिताले आफ्नो फेसबुकमा सेयर गरेको यो तस्बिर स्क्रिन नेपालमा ‘फेस अफ विक’ मा समेटेका हौं । भनिन्छ, असार किसानका लागि माना खाएर मुरी फलाउन महिना हो । हुन पनि नेपाली खेती किसानीमा निर्भर छौं । तर, परिवर्तित समयसँगै मानिसहरु पछिल्लो समय सहरमुखी हुन थालेका छन् । गाउँघरका खेतबारी बाँजो हुन थालेका छन् । सहरमा भने रहरले असारको झल्को दिन हिलोमा लट्पटिएर तस्बिर खिचाउने चलन बढ्दै छ ।

beenita

अभिनेत्री बिनिताको भावनाचाहिँ । रंगकर्ममा रमाउँदा–रमाउँदै पनि किसानी बाबुबाजेको पाइला पछाउन सकुँ ।’ त्यसैले ‘चपली हाइट’  जस्तो बोल्ड फिल्ममा अभिनय गरेर पनि उनी खेती किसानीमा लागेकी छन् । उनले टमाटर, गोलभेडा, खुर्सानी र काउलीजस्ता अग्र्यानिक तरकारी फलाउँदै आएकी छन् । बिनिताको राजधानीस्थित नयाँ बजारमा अग्र्यानिक तरकारी पसल छ । ‘चपली हाइट’ जस्तो बोल्ड चलचित्रमा अभिनय गरेपछि एकाएक चर्चामा आएकी बिनिताले त्यसपछि ‘फुलिस्टप’ र ‘सुपरहिट’ मा अभिनय गरिन् । ‘सुपरहिट’ रिलिज हुनै बाँकी छ । तर, बिनिता भने कलाकर्ममा भन्दा खेती किसानीमा व्यस्त भएकी छन् । खेती किसानीमा लागेपछि उनले ‘जुइनो’ नामक एक उपन्यास पनि लेखेकी छन् ।

beenita 1

bbb

bb

beenita12

Comments