१५ वर्षपछि एकसाथ भट्ट परिवार बिदा मनाउँदै
screennepal
प्रकाशित: २०७२, ११ असार शुक्रबार
no img

alia

हैदराबाद । हिजोआज बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो परिवारका साथ केही दिनको छुट्टिमा हैदराबादमा छन् । यसरी परिवाकार साथ छुट्टिमा निस्कँदा आलियाका पिता तथा निर्माता महेश भट्टले आफ्नो पुरानो दिन स्मरण गरेका छन् । महेशले अंग्रेजी पत्रिका ‘मुम्बई मिरर’सँग कुरा गर्दै भनेका छन्, ‘मलाई याद छ, जब आलिया त्यस्तै ३ वर्षकी थिइन् । त्यतिखेर मैले पूरै परिवारसँग लन्डनमा छुट्टि मनाएको थिएँ । अहिले करिब १५ वर्षपछि म, आलिया, सोनी र शाहीन एकसाथ छुट्टी मनाउँदै छौं ।

alia-bhatt-5_071613104540

बिहीबार दिएको अन्तर्वातामा महेश भट्टले भने, ‘आज २५ जून हो । जबकि, मेरो ‘अर्थ’ फिल्म यसै दिन रिलीज भएको थियो, भारतले यसै दिन वल्र्ड कप जितेको थियो र आज म आफ्नो परिवारका साथ विदा मनाइरहेको छु ।’ आलियाले आफ्नो परिवारका साथ हैदराबादमा खिचेको तस्बिर ट्वीट गर्दै लेखेकी छन्, ‘करिब १५ वर्षपछि पुरै परिवारमा विदा मनाइरहेकी छु ।’ उनले आफ्नो काँधको चोट निको हुनेवित्तिकै काममा फर्कने बताएकी छन् ।  आलियाले हातमा ब्यान्डेज लगाएर शेल्फी लिँदै गरेको तस्बिर महेशले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेका छन् । एजेन्सीबाट

mahesh-bhattmmaaiiinnn

महेश भट्ट

Comments