पर्दामा ‘विकिनी किलर’ चाल्र्स शोभराजको जीवनी
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
no img

काठमाडौं । बिख्यात अपराधी चाल्र्स शोभराजको जीवनी चलचित्रको पर्दामा आएको छ । शोभराजको जीवनीबारे बलिउडमा चलचित्र ‘मै और चाल्र्स’ बनेको छ । जुन चलचित्र अहिले रिलिजको तयारीमा रहेको छ । ‘विकिनी किलर’का रुपमा चिनिएका शोभराज हाल नेपालमा जेल जीवन बिताइरहेका छन् । चलचित्रमा ‘बिकनी किलर’ शोभराज भएर रणदीप हुड्डाले अभिनय गरेका छन् । यो चलचित्र प्रवाल रमणले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषय केन्द्रित छ । शोभराज बिकनी किलरका अलाव ‘साँप’ भनेर पनि चिनिन्छन् ।

Main-Aur-Charles

चलचित्र ‘मे औ चाल्र्स’ मा रणदीप हुण्डा

शोभराजले पछिल्लोपटक ६४ वर्षको उमेरमा २० वर्षीया  निहिता विश्वाससँग काठमाडौंको जेलमै बिबाह गरेका थिए । उनले सन् १९७० को दशकमा विदेशी पर्यटकको हत्या गरेको अदालतले प्रमाणित गरेको थियो । शोभराज सुरुमा कुनै पनि युवतिका अगाडी मित्र बनेर प्रस्तुत हुन्थे र अन्तिममा नशालु औषधी खुवाएर हत्या गर्थे । सन् १९७२ देखि १९७६ सम्म २४ युवतीको हत्या गरेको आरोप उनीमाथि छ । हत्या अभियोगमा केही वर्ष भारतको जेलमा विताएका उनले सन् १९८६ मा जेलबाट भागेपछि सन् २००३ मा नेपालमा पक्राउ परेका थिए । सन १९७५ मा नेपालमा भएको दुई हिप्पीको हत्या आरोपमा नेपाली प्रहरीद्वारा पक्राउ परेका शोभराजले आजीवन काराबासको सजाय कटाइरहेका छन् । चलचित्र ‘मे औ चाल्र्स’ मा रणदीपका अलावा अलिड हुसैन, ऋचा चड्डालगायतले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=_a14MfYxeY0

Comments