सानुकाजी बने ‘नालायक’को कार्यकारी
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
no img

काठमाडौं । महाभूकम्पपछि निराश बनेका चलचित्रकर्मीहरु पुनः चलचित्र निर्माणमा जुट्न थालेका छन् । उत्तरगया फिल्मस् प्रालिले भूकम्पपछि ‘नालायक’ नामक चलचित्र निर्माण थालेको छ । उत्तरगयाको छैटौं प्रस्तुती ‘नालायक’ यतिखेर राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

sanu kaji

चेक टि–शर्टका सानुकाजी

त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शनप्रधान चलचित्र भनिएको ‘नालायक’मा राजेश ढुंगाना, खुश्बु खड्का, श्यामकुमार मिश्र, सोनम थापा, पदम गाहा, उत्तम केसी, खिमान थापा, ममता शर्मा, बालदीप राई, मञ्जु श्रेष्ठ, बाबु रोकामगरलगायतका कलाकारको मुख्य अभिनय रहने भएको छ । रामभक्त श्रेष्ठको निर्देशन तथा पदम गाहाको प्रस्तुती र खिमान थापाको निर्माण रहेको यस चलचित्रमा पत्रकार सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । यो चलचित्र नेपालको कपिवस्तु, कृष्णनगर हुँदै भारतमा समेत छायांकन गरिने कार्यकारी निर्माता सानुकाजीले बताए ।

Comments