एउटा इँटाको २ सय रुपैयाँ !
screennepal
प्रकाशित: २०७२, ९ असार बुधबार
no img

eta

काठमाडौं । एउटा इँटाको कति मूल्य पर्ला ? त्यस्तै, ७ देखि १० रुपैयाँसम्म । तर, श्री ३ भीम शमशेरको पालामा बनाइएको एउटा इँटाको मूल्य २ सय रुपैयाँ राखिएको छ । विसं १९८८ सालमा निर्माण भएको ती पुरातात्विक तथा ऐतिहासिक एउटा इँटा महाभूकम्पपछि काठमाडौंको टंगाल दरबार भत्किएपछि त्यहाँबाट नकाली स्थानीय ठेकेदारले बिक्री गरेका छन् । टंगाल दरबारमा भीम शमशेर आफैँ बस्ने गरेका थिए । सो दरबारको डिजाइन रनसुर बिष्टले गरेका थिए । स्थानीय ठेकेदारले ७० लाख रुपैयाँ भीम शमशेरका आफन्तलाई दिने सर्तमा उक्त दरबार भत्काइएको थियो । टंगाल दरबारबाट ३० हजार भन्दा बढी इँटा निकालिएको छ । एउटा इँटाको मूल्य २ सय रुपैयाँ तोकिएको छ।  १० वटा भन्दा बढी इँटा किन्नेले छुट पाउनेछन् । भूकम्पले सुन्धारामा रहेको धरहरा भत्काएपछि डेढ महिनाअघि त्यहाँको इँटा केही चोरी भएको थियो । सो क्षेत्रका इँटालाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।

Comments