‘जुकबक्स’मा आफ्नो मनपर्ने कलाकारलाई सुन्नुस्
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

काठमाडौं । गीतसंगीत नरुचाउँने सायदै होलान् । तर, कुन कलाकारको गीत सन्ने भन्ने आफूमा भरपर्छ । नेपाली गीतसंगीतका श्रोताका लागि राजेशपायल राई, अञ्जु पन्त, मिलन अमात्य, सत्य–स्वरुपराज आचार्यहरु प्रिय छन् । उनीहरुका गीत कतै न कतै सुनिएको हुन्छ । यी गायक÷गायिकाका अलावा अन्य कलाकारको गीत नसुनिने भनिएको चाहिँ पक्कै होइन । कसैलाई थोरै र कसैलाई धेरै सुनिन्छ भन्न खोजिएको हो । यहाँ भएका सबै कलाकार गायक÷गायिका आफ्नो स्थानमा अब्बल छन् । उनीहरुका आ–आफ्नै श्रोता÷दर्शक छन् । तर, आफूलाई मन पर्ने गायक÷गायिका एउटै पंक्तीमा सुन्न पाउनु श्रोताका लागि पनि खुसी कुरा हो । यो खुसी यु–ट्युबको ‘जुकबक्स’ले प्रदान गरेको छ । यही जुकबक्समा पर्फमिङ आर्ट क्रियशनले चर्चित कलाकारको गीत उपलब्ध गराएको छ । आफूलाई मनपर्ने गीत सुन्नका लागि तल दिइएको फेमभित्र रहेको गीतको बोल क्लिक गर्नुस् ।

Comments