रेखाद्वारा ‘कोठे अवार्ड बहिस्कार’
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

रेखाले आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै अवार्ड बहिस्कारको घोषणा गरेकी हुन् । केही सातायता अमेरिकामा रहँदै आएकी उनले ‘अवार्ड कार्यक्रमले कलाकारलाई मनोबल बढाउनु पर्नेमा नेपाली अवार्ड कार्यक्रमहरुमा नातावाद तथा सोर्सफोर्स हाबी भएको’ आरोप लगाएकी छन् ।

काठमाडौं । अवार्ड पाउँदा खुसी र नपाउँदा दुखी हुने त सामान्य नै मानिन्छ । तर, यहाँ भइरहेका र हुँदै आएका अवार्ड निष्पक्ष र स्वतन्त्र हुँदैन भन्ने कलाकारबाटै गुनासो आउन थालेका छन् । यस्तै, अभिनेत्री रेखा थापालाई अघिल्लो वर्षदेखि अवार्डपति विश्वास नै लाग्न छाडेको छ । हुन फिल्म अवार्डमात्र नभई गीतसंगीतका अवार्ड र सुन्दरी प्रतियोगिताहरु पनि निष्पक्ष हुँदैनन् भन्ने भूक्तभोगीहरुले नै भन्न थालेका छन् । यसैबेला अवार्डप्रति विशवास गुमाएकी रेखाले अबदेखि आफूले निर्माण गर्ने चलसिचत्रहरुलाई कुनै पनि अवार्डमा सहभागी नगराउने घोषणा गरेकी छन् । रेखाले आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै अवार्ड बहिस्कारको घोषणा गरेकी हुन् । केही सातायता अमेरिकामा रहँदै आएकी उनले ‘अवार्ड कार्यक्रमले कलाकारलाई मनोबल बढाउनु पर्नेमा नेपाली अवार्ड कार्यक्रमहरुमा नातावाद तथा सोर्सफोर्स हाबी भएको’ आरोप लगाएकी छन् ।

rekha

‘सिनेमा जगतमा धेरै नै अवार्ड कार्यक्रमहरु हुँदै आइरहेका छन् र यस्ता प्रकारका कार्यक्रमहरुले कलाकारलाई ठुलै मनोबल पनि प्रदान गर्छ । तर, नेपालमा भने चिनजान, आफन्त र सोर्सफोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा त्यस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफनो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुराको सार्वजनिक जानकारी गराउन चाहन्छु ।’

रेखाले मंगलबार हिान आफनो पेजमा स्टाटसमा लेखेकी छन्, ‘सिनेमा जगतमा धेरै नै अवार्ड कार्यक्रमहरु हुँदै आइरहेका छन् र यस्ता प्रकारका कार्यक्रमहरुले कलाकारलाई ठुलै मनोबल पनि प्रदान गर्छ । तर, नेपालमा भने चिनजान, आफन्त र सोर्सफोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा त्यस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफनो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुराको सार्वजनिक जानकारी गराउन चाहन्छु ।’ उनले नेपालमा हुने गरेका अवार्डहरुलाई ‘कोठे अवार्ड’को संज्ञा दिएकी छन् । अवार्ड वितरक संस्थाहरुलाई कामको आधारमा अवार्ड वितरण गर्न अनुरोध गर्दै रेखाले भनेकी छन्, ‘वर्षका सर्वाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तवरले अवार्ड वितरण गरिनुले सच्चा कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकको अपमान गरेको हुन्छ । त्येसैले म नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स् यस्ता प्रकारका कुनै पनि कोठे अवार्डहरुको बहिस्कार गर्दै अवार्ड वितरक संस्थाहरुलाई कामको आधारमा अवार्ड वितरण गर्नुहुन समेत अनुरोध गर्दछु ।’

Comments