नेपाल आउँदै हलिउड अभिनेता लियानार्दो र अभिनेत्री जोहना लुम्ले
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

काठमाडौं । महाभूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन आयोजना हुने  ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा हलिउडका प्रसिद्ध अभिनेता टाइटानिक’ लियोनार्दो डी क्याप्रियो पनि नेपाल आउने भएका छन्। अर्थमन्त्रालयले एक दिवसीय सम्मेलनका लागि नियोनार्दो आउन लागेको जनाएको हो। कार्यक्रम यही असारमा १० गते आयोजना हुँदै छ ।

Leonardo-DiCaprio-Actor

Leonardo-DiCaprio-Actor

यस सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृनिकाय तथा प्रतिष्ठित व्यक्तिहरुलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रणा गरेको थियो । सम्मेलनमा भाग लिन लियोनार्दोसँगै अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर तथा चर्चित बेलायती अभिनेत्री जोहना लुम्ले पनि आउने निश्चित भएको जनाइएको छ। पछिल्लो समय हलिउडका एक्शन नायक ज्याकी चाङ राहत लिएर नेपाल आएका थिए । उनीपछि लियोनार्दो नेपाल आउन लागेका हुन् । बैशाख १२ गतेको भूकम्पपछि अन्तर्राष्ट्रिय सेलिब्रेटी नेपाल आउने क्रम बढेको छ ।

Joanna Lumley

Joanna Lumley

Comments