भूकम्पपीडितलाई मनोरञ्जन थेरापी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

धादिङ । महाभूकम्प र त्यसपछिका निरन्तर पराकम्पबाट त्रसित एवं भयभित धादिङका भूकम्पपीडितलाई कलाकारहरुले उनीहरुमाझ पुगेर मनोरञ्जनात्मक सांस्कृतिक थेरापी प्रस्तुत गरेका छन् । गीतसंगीत तथा अभिनयका विभिन्न विधाका कलाकारले धादिङको जीवनपुर पुगेर त्यहाँ जम्मा भएका भूकम्पपीडितमाझ मनोरञ्जनपूर्ण कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिनेता/अभिनेत्री र सानो पर्दामा देखिने हास्य कलाकारका साथमा गायक/गायिकाको जम्बो टोली जीवनपुर पुगेर त्यहाँका भूकम्पपीडितको मुहारमा मुस्कान छरेका थिए ।

IMG_2486

जीवनपुर ८ मै जन्मी हुर्किएका कलाकार विनोद केसी र कलाकार तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा स्थानिय महेशधर्म उमावि र श्री महादेवस्थान माविद्धारा बद्रीटार चौरमा आयोजित कार्यक्रममा कलाकारहले गीत संगीत, नृत्य र हास्य प्रस्तुति पस्केका थिए। हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीद्धारा क्यारिकेचर र जादु प्रदर्शनका साथ सञ्चालित कार्यक्रममा नायिका तथा मोडल बिनु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने नायक शुशान्त कार्कीले नायिका सारिका घिमिरेका साथ विभिन्न लोक, आधुनिक तथा फिल्मी गीतमा आप्mनो खुला शरीर र टाउकोमा ट्युबलाईट फुटालेर र छातीमा मैनबत्तीको मैन चुहाउँदै जोखिमपूर्ण साहसी नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी आयोजक स्कुल महादेवस्थान माविका विद्यार्थीले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए। गायक खगेन्द्र श्रेष्ठ, मोडल, गायक, कलाकार तथा म्युजिक भिडियो निर्देशक दुर्गेश थापा र गायिका सिर्जना खत्रीले गीत गाएका थिए।

123
विभिन्न हास्य प्रस्तुतिका साथ दुई गीत गाएर दर्शकको मन जितेका हास्य कलाकार किरण केसीले जादुसमेत देखाएका थिए भने शिवहरि पौडेलले गीत संगीत क्षेत्रको विकृतिविरुद्ध तिखो व्यग्य गर्दै विभिन्न हस्यौली प्रस्तुत गरेका थिए। कलाकार मनोज आचार्य र विनोद केसीले पनि गीत संगीतलाई नै हास्य व्यग्यको विषय बनाएका थिए भने केदार घिमिरे र सुरेन्द्र केसीले विविध विषयमा हस्यौली प्रस्तुत गरेका थिए। सबै कलाकारको प्रस्तुतिमा भूकम्पले आत्तिएको मनलाई शान्त पार्ने कोशिष थियो भने उनीहरुले भूकम्पबाट नआत्तिन तर सजग हुन प्रेरित गरेका थिए।

1
कलाकार विनोद केसीले शिवहरी पौडेल र किरण केसीलाई गुरु थाप्दै गुरु दक्षिणास्वरुप चाँदीको मूर्ति प्रदान गरेको कार्यक्रममा नायिका शुभेच्छा थापा, रक्षा श्रेष्ठ, निर्माता केदार पराजुली, निर्देशक गोविन्द गौतम र राजु गिरी, सगीतकार विकास चौधरीलगायत पनि प्रस्तुत भएका थिए। कार्यक्रम संयोजक विनोद केसी र मधुकुमार श्रेष्ठले अघिल्लोपटक राहत पुगेर जन्मस्थल पुग्दा सबैको अनुहारमा भूकम्पको त्रास देखिएकाले मनोरञ्जन थेरापी गरी त्रास हटाउने प्रयासमा कार्यक्रम गरिएको बताए। त्यसै गरी आयोजक स्कुलमध्येको महादेवस्थान माविका प्रधान अध्यापक राजकुमार कुँवरले कार्यक्रले त्रसित मनमा शान्तिको उर्जा थपेको चर्चा गरे। कार्यक्रममा वरिष्ठ इन्जिनियर उद्धव चौलागाईंले सबैले बुभ्mने भाषामा भूकम्प जानुको कारण, यसप्रतिको सावधानी, भूकम्पपछि अपनाउनुपर्ने कुराहरुका विषयमा जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट करिब २ हजार दर्शक जम्मा भएका थिए।

IMG_2798
कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्कने क्रममा कलाकारहरु सवार गाडीमध्ये हास्य कलाकारहरु सवार एउटा बस जीवनपुरबाट टायलघरनिरको उकालोमा ब्रेक फेल भएपछि गाडी व्याक हुन पुग्दा कलाकारहरुबिच भागदौड मचिएको थियो। गाडीको ब्रेक आयल लिक भएकाले ब्रेकले आंशिक काम गरेका कारण कलाकारहरु नागढुंगासम्म गियर र आंशिक  ब्रेकका भरमा काठमाडौं फर्केका थिए। नागढुंगा नपुगुञ्जेल ओत हालेर गाडी रोक्दै कलाकारहरु काठमाडौं आएका थिए।

Comments