नारायणको निर्देशनमा ‘जब पर्छ साँझ’
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

काठमाडौं । म्यूजिक भिडियो मोडलिङमा जम्दै गरेका मोडल नारायण ढकालको यात्रा निर्देशनतर्फ मोडिएको छ । करिब एक दर्जनभन्दा बढी म्यूजिक भिडियोको अभिनय गरिसकेका उनले लोकगायक विमलराज क्षेत्री र लक्ष्मी परियारको स्वरमा सजिएको लोकदोहोरी गीत ‘जब पर्छ साँझ’ को निर्देशन गगरेका छन् । उनले निर्देशनसँगै मोडलिङलाई पनि निरन्तरता दिने बताए । शनिबार बाडेगाउँको रमणीय दृश्यमा म्यूजिक भिडियो निर्देशन गर्दै ढकालले आगामी दिनमा निर्देशनको यात्रालाई अझ मजबुत बनाउँदै लैजाने बताए ।

???????????????????????????????
विष्णु घिमिरेको प्रस्तुतिमा हिमाल आचार्यको लय रहेको जब पर्छ साँझको शब्द नौलो किरण र गोविन्द पौडेलको रहेको छ । कविना म्यूजिकले बजार व्यवस्थापन गरेको उक्त गीत जब पर्छ साँझको भिडियो उत्पादनको जिम्मा भने नटराज फिल्मले लिएको हो । भिडियोमा तीतो सत्य, जिरे खुर्सानी, भद्रगोललगायतका टेलिसिरियलमा अभिनय गरेकी स्वस्तिका लामिछाने, जीव गुरुङ र निर्देशक स्वयम् ढकालको अभिनय रहेको छ । भिडियोको छायाँकन भने गोकुल अधिकारीको रहेको छ ।

Comments