आठौ नेफ्टा अवार्ड कतारमा
screennepal
प्रकाशित: २०७२, ६ असार आईतवार
no img

काठमाडौं । ‘आठौ नेफ्टा फिल्म अवार्ड’ कतारमा हुने भएको छ । पहिलोपटक मलेसियामा अवार्ड गरे विदेशी भूमिका प्रवेश गरेको नेपाल चलचित्र प्राविधिक संघले त्यसपछि हङकङमा अवार्ड गरेको थियो । आठौैं सस्करणसम्म आइपुग्दा कतारमा गर्ने भएको हो । शनिबार राजधानीमा अवार्डको उद्घाटन गर्दै संघले यस वर्ष कतारमा अवार्ड गर्ने बताएको हो ।

nefta

कार्यक्रममा सम्मान ग्रहण गर्दै बोर्ड अध्यक्ष राजकुमार ।

अवार्डमा ०७१ साल वैशाख १ गतेबाट ०७१ चैत्र मसान्तमसम्म प्रदर्शनमा आएका चलचित्रमध्ये यो ७५ वटा चलचित्रले अवार्डका लागि प्रतिस्पर्धा गर्दैछन् । यी चलचित्र आइतबारबाट अवार्डका निर्णायकले हेर्नेछन् । अवार्डको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधी तथा अभिनेत्रीले  केक काटेर शुभारम्भ गरिएको थियो । कार्यक्रममा नवनियुक्त बोर्ड अध्यक्ष राईलाई सम्मान तथा बधाई दिइएको थियो । सम्मान थाप्दै अध्यक्ष राइले नेफ्टाले गर्ने अवार्डले उचाई लिँदै गएको बताए । कार्यक्रममा संघका अध्यक्ष मनोज केसीले कुरा काट्नेहरुले काटेपनि आफूहरु सधै अगाडि लम्किरहने बताए ।

Comments