भूकम्पपीडितका लागि ध्यानमा करिश्मा
screennepal
प्रकाशित: २०७२, २ असार बुधबार
no img

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर भूकम्पपीडितलाई सघाउने क्रममा ध्यान र धर्म कर्ममा पनि सक्रिय हुन थालेकी छन् । यी नेपाली चलचित्रकी सदावहार सुन्दरीले भारतकी ख्यातिप्राप्त माता साधवी ऋतम्भरासँगको संगतसँगै ध्यान र प्रवचनमा सक्रिय भएकी हुन् । उनी यतिखेर ऋतम्भराले राजधानीमा गर्ने विशेष ध्यान शिविरकम लागेकी छन् ।

karshama
करिश्मालगायतका कलाकारहरुको सहयोग र सल्लाह तथा समन्वयमा साधवी ऋतम्भराले भूकम्पले घरबारबिहीन बन्न पुगेका राजधानीका पीडितहरुका लागि निर्माण गरिदिँदै गरेको टहरा घरको निरीक्षणका लागि काठमाडौं आएकी हुन् । करिश्मालगायतका कलाकारको समन्वयमा ऋतम्भराले आप्mनो धार्मिक संस्था परमशक्तिपीठ नेपाल सेवा समितिका तर्पmबाट राजधानीको धर्मस्थलीस्थित चौगाउँका पीडितहरुका लागि ७५ घर टहरा निर्माण गरिरहेको छ । करिश्माका अनुसार लामो समय बस्न मिल्ने गरी निर्माण भइरहेका घरहरुको निर्माण कार्य बजारमा देखिएको निर्माण सामग्रीको अभावका कारण सुस्त हुन पुगेको छ । उनका अनुसार हालसम्म २० घरमात्र निर्माण सम्पन्न भएको छ भने निर्माण सामग्रीको जोहो गर्न ऋतम्भराको संस्थाका पदाधिकारीहरु स्वयं लागि परेका छन् ।
सोमबार राजधानी आईपुग्ने माता ऋतम्भराले सोही दिन चौगाउँमा बनिरहेका घर टहराहरुको निरीक्षण गर्ने नायिका मानन्धरले जानकारी गराएकी छिन्। उनका अनुसार माता ऋतम्भराले त्यसै दिन भूकम्पले आत्तिएको मनलाई सम्हाल्न तथा ध्यानप्रति आकर्षित गर्न सोही दिन साँझ राजधानीमा विशेष प्रवचन दिनेछिन्।  अग्रवाल सेवा केन्द्रको संयुक्त तत्वाधानमा वत्सल्यमुर्ति माता साधवी ऋतम्भराले कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा साँझ ६ बजे विशेष प्रवचन दिने नायिका मानन्धरले जानकारी गराएकी छिन्। परमशक्तिपीठ नेपाल सेवा समितिमा उद्योगपति राजेन्द्र खेतान संरक्षक छन् भने नायिका मानन्धर सह संयोजक छिन्। उनका पति विनोद मानन्धर सदस्य छन्।

Comments