हर्षिकाले प्रसुनसँग कसिन् लगनगाँठो
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img

काठमाडौं । अभिनेत्री तथा मोडल हर्षिका श्रेष्ठ बैबाहिक बन्धनमा बाँधिएकी छन् । हर्षिकाले बुधबार कोलकत्ताका प्रसुन झुनझुनवालासँग बिबाह गरेकी हुन् । मारवाडी समुदाय प्रसुन र हर्षिकाले राजधानीमा नेवारी परम्परागत रुपमा बिबाह गरे । प्रसुन र हर्षिका शुक्रबार भारत जाने बताइएको छ । भारतमा पनि उनीहरुले बिहे गर्नेछन् । प्रसुनले बाबु, आमा र दाइलाई मात्र जन्ती लिएर नायिका श्रेष्ठलाई लिन काठमाडौं आएका थिए ।

harshika-shrestha-1

तस्बिर अनलाइन खबरबाट

राजधानीको एक ब्याङकेटमा बिहे आयोजना गरेका प्रसुन र हर्षिकाले चलचित्रकर्मीका लागि बुधबार (आजै बेलुकी) भोज दिँदैछिन् । उनीहरु ८ महिनायता प्रेममा रहेको बताइएको छ ।

Comments