कंगनाको नयाँ लुक्स
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img

मुम्बई । हालै रिलिज भएको फिल्म ‘तनु वेड्स मनु रिटन्र्स’की अभिनेत्री कंगना रानावत यतिखेर खुसीले दंगछिन् । यसै फिल्मबाट पछिल्लो समय ‘सय करोड क्लव’मा आफूलाई दर्ज गराएकी कंगना अहिले नयाँ गेटअपमा देखिएकी छन् । कपाल पूरै खौरेकी कंगनाले यो सबै आफ्नो नयाँ फिल्म ‘कट्टी बट्टी’ का लागि गरेकी हुन् । जुन फिल्मको हाल छायांकन भइरहेको बताइएको छ ।

kangana
यस फिल्म कंगना पहिलोपटक इमरान खानका साथ स्क्रिनमा देखिँदैछिन् । यो फिल्म रोमान्टिक–कमेडीमा आधारित रहेको बताइएको छ । समाचारमा बताएअनुसार ‘कट्टी–बट्टी’ मा कंगना एक यस्तो युवतीको भूमिका छिन्, जो ज्यानमारा बीमारको पीडित हुन्छिन् । यस फिल्मको निर्देशन निखिल आडवाणीले गरेका हुन् । यस फिल्म्को यसअघि शेड्युअल सेप्टेम्बरमा थियो । तर, अब यो फिल्म २०१६ मा रिलिज हुने भएको छ ।

Comments