थुर्पुगाउँका भूकम्पपीडितलाइ राजारानीको रकम
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img
IMG_7565

राहत वितरण गर्दै कला र तायाहाङमा । तस्बिर : विशाल राई

काठमाडौं । धनकुटाको राजारानीमा आयोजित सांस्कृतिक कार्यक्रमबाट उठेको रकममध्ये केही बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट पीडित नुवाकोटस्थित चतुराले गाविसको थुर्पुगाउ“मा वितरण गरिएको छ । राहत वितरण गर्न मोडल तथा सञ्चारकर्मी कला सुब्बा र गायिका तायाहाङमा राई नुवाकोट पुगेका थिए । कलाका अनुसार त्यहाँ १३५ घरधुरीलाई चामल वितरण गरिएको हो । केही समयअघि धनकुटा राजारानीमा चण्डिपुर्णे मेलाको अवसरमा सांगीतिक कार्यक्रम गरिएको थियो ।

kala
आयोजक राजारानी फुटबल क्लवका अनुप सुब्बा, मानि चेम्जोङ र बिजु राईले सो रकम उपलब्ध गराएपछि आफूहरुले वितरण गरेको कलाको भनाइ छ । कार्यक्रम गर्नको उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु थियो । तर, त्यसबाट उठेको रकम भुकम्पपीडितका लागि राहत पनि बनेको छ । कार्यक्रममा राजेश पायल राई, तायाहाङमा राई, कुन्ति मोक्तान, सुगम पोखरेल, दीपक लिम्बु र इन्दिरा जोशीलगायत कलाकार सहभागी थिए ।

Comments