सुर्दशनको नयाँ चलचित्रमा हिरो बन्ने कोही छ ?
screennepal
प्रकाशित: २०७२, १३ जेष्ठ बुधबार
no img

काठमाडौं । चलचित्र ‘चंखे शंखे पंखे’ को निर्माण युनिट नयाँ हिरोको खोजीमा लागेका छन् । महाभूकम्पका कारण रिलिज डेट १ जेठबाट कात्र्तिक ३ मा सारिएको यो युनिटले नयाँ चलचित्रका लागि नयाँ अनुहारको हिरो खोजिएको जनाएका छन् । अब निर्माण हुने चलचित्र पूर्ण रोमान्टिक हुने बताउँदै लभर ब्वायका लागि हिरो खोजिएको निर्देशक तथा अभिनेता सुर्दशन थापाले बताए । हिरोइनको भूमिकामा भने पूजा शर्मा नै बताइएको छ ।

heroooo
नयाँ हिरोका लागि ‘गुडलुकिङ’ हुनु पर्ने र अभिनय/नृत्यमा दख्खल भएको हुने पर्ने निर्माणपक्षले जनाएको छ । यदि हिरो बन्न चाहने ह्यान्डसम र चकलेटी पुरुषले आसुसेन फिल्मस प्रालिमा आफ्नो प्रोफाईलसहित सम्पर्क राख्न सक्ने छन् । भूकम्पका कारण बिग्रिएको सामाजिक जनजिवन शान्त हुनासाथ फ्लोरमा जाने तयारीमा रहेका निर्देशक सुर्दशन थापाले बताए । उनका अनुसार ‘प्रेम गीत’ एक यस्तो चलचित्र बन्ने छ, जुन हरेक माया गर्ने जोडीले आफ्नै चलचित्र भन्नेछन् । चलचित्रमा चंखेकै निर्माता सन्तोष सेनको मात्र लगानी रहने छ ।

Comments