भूकम्पपीडितलाई मलम लगाउँदै कलाकार संघ
screennepal
प्रकाशित: २०७२, ७ जेष्ठ बिहीबार
no img

काठमाडौं । बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पबाट पीडितहरुका लागि कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघले राहत तथा विभिन्न उद्दार कार्य गर्दै आएको छ । कलाकार संघले विभिन्न संघसंस्थाको सहकार्यमा भूकम्पपीडितका लागि कार्य गर्दै आएको अध्यक्ष तथा अभिनेता नवल खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार संघले सम्पूर्ण चलचित्रकर्मीलाई उद्धार तथा राहत कार्यमा लाग्न अपिल गर्दै आएको छ । यतिमात्र नभएर संघले कालाबजारी गर्नेहरुको अनुगमन गरि राज्यलाई सूचना प्रवाह गर्ने काम समेत गर्दै आएको अध्यक्ष खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राहत वितरण जनचेतना कार्यक्रम कलाकारलाई दूत नियूक्त गरि विपतिमा सहयोग गर्नको निम्ति प्रधानमन्त्री तथा मन्त्री प्ररिषदको कार्यायबाट परिपत्र प्राप्त गरेर संघले भूकम्पपीडितका लागि काम गर्दै आएको हो । साथै, महाभूकम्पपछि महामारीबाट बच्न सरसफाइमा समेत संघले चासो देखाएको छ । खड्का अनुसार गंगबु, सिनामंगल, टुँडिखेल, रंगशाला, पशुपति क्षेत्रलगायतका स्थानमा सरसफाइ अभियान चलाइसकेको छ ।

01
संघले अहिलेसम्म सिन्धुपाल्चोकको हेलम्बुको तार्केग्याङ, रसुवाको घत्लाङ, भक्तपुरको अन्नतलिङ्गेश्वर, भक्तपुरकै गुन्डु, काठमाण्र्डौको बाडभञ्जाङ, इकन्चु नारायण, धादिङको धरपु धुवाकोट र बुढाथुममा राहत प्रदान गरेको छ ।संघले त्रिपाल, खाद्यन्न, तेल, औषधीलगायतका राहत वितरण गर्दै आएको अध्यक्ष खड्काले बताए । त्यस्तै, संघले जनचेतनासम्बन्धी प्रोगाम खिचेर टेलिभिजन र म्यूजिक भिडियोहरु पनि निर्माण गरेको छ भने योगा, प्रवचनका साथै मनोरञ्जन भय र त्राशबाट मुक्त गर्नका निम्ति टुडिखेलको सैनिक मञ्चमा कार्यक्रम गरेको खड्काले बताए । उद्योग वाणिज्य महासंघ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, मारवाडी सेवा समिति, श्री पशुपति फाउडेसन यूएसए, नेपाल विज्ञापन संघलगायतको सहकार्यमा भूकम्पपीडितका लागि कलाकार संघ जुट्दै आएको हो ।

Comments