यसै वर्षको अन्त्यमा सलमानको बिहे !
screennepal
प्रकाशित: २०७२, ६ जेष्ठ बुधबार
no img

मुम्बई । बलिउड अभिनेता सलमान खानले चाँडै आफ्नो जीन्दगीमा एक ठूलो निर्णय गर्ने बताएका छन् । थुप्रै अभिनेत्री तथा मोडलसित नाम जोडिएर पनि अहिलेसम्म अविवाहित रहेका सलमानले यदि समयले साथ दिए यसै वर्ष बिहे गर्ने जनाए । उनले पत्रकारहरुसँग भने, ‘म आफ्नो जीन्दगीमा चाँडै एक निर्णय गर्दैछु । यदि सयम ठीक रह¥यो भने यस वर्षको अन्त्यसम्ममा बिहे गर्नेछु ।’
समाचारमा जनाइएअनुसार सलमान रोमानियाकी टिभी प्रस्तोता तथा अभिनेत्री लूलिया वान्तुरसँग बिहे गर्ने तयारीमा छन् । केही दिनअघि मात्र सलमान र वान्तुर मुम्बईमा सँगै भेटिएको बताइएको छ, जहाँ सलमानका परिवारमा थिए ।

salman

सलमान/ लूलिया

सन् २०१० मा डबलिनमा सलमान फिल्म ‘बडीगार्ड’ को सुटिङमा जाँदा पहिलोपटक लूलियासँग भेटेका थिए । त्यतिखेर लूलिया आफ्ना ब्वायफ्रेन्ड मारियस मोगासँग थिइन् । मोगा पश्चिमी–मध्य यूरोपको चर्चित प्रोड्यूसर, कम्पोजर तथा गायक हुन् । यी दुवैजना सन् २०११ मा भारत आएका थिए । तर, उनीहरको त्यसपछि ब्रेकअप भयो । मोगासँग बे्रकअपपछि लूलिया डिप्रेशनमा परेकी थिइन् । उनले तनावबाट बाहिरिन मनोचिकित्सकको समेत सहयोग लिइन् । दुई वर्षअघि सलमानसँग लूलियाको दोस्रो भेट भयो । त्यसपछि उनीहरु निरन्तर सम्पर्कमा रहेका छन् भने अहिले आएर बिहे गर्ने योजनामा पुगेको बताइन्छ । यो कुरा सलमानले पनि घुमाउरो पारामा स्वीकारेका छन् ।

Comments