आफ्नो मृत्यको खबरले ज्याकी दुखित !
screennepal
प्रकाशित: २०७२, ५ जेष्ठ मंगलवार
no img

हङकङ । बेला–बेला इन्टरनेट साइटमा विभिन्नखाले अपवाह फैलिने गर्दछ । विशेषगरी सेलिबे्टीहरु यस्ता खबरबाट पीडित बन्ने गरेका छन् । यस्तै, इन्टरनेट साइटहरुमा आफू मरेको हल्ला चलेपछि हलिउड फिल्मस्टार ज्याकी च्यान यतिखेर पीडित बनेका छन् ।

jackie_chan
आफ्नो निधन भएको समाचारबाट आफू आश्चर्यचकित भएको भन्दै ज्याकीले ट्वीटरमा लेखेका छन्, ‘प्लेनबाट ओर्लनेबित्तिकै मैले म मरे भनेर आएको दुईवटा समाचार सुनँ,े जसबाट म आफै आश्चर्यमा परेँ । सर्वप्रथम तपाईहरुले चिन्ता लिनुपर्दैन म अझै ज्यूँदै छु । दोस्रो वीबोमा मेरो नाममा आएको झूटो खबरलाई विश्वास नगर्नुस् ।’ त्यस्तै, शनिबार ट्वीट गर्दै ज्याकीले फेसबुक र चिनियाँ सामाजिक सञ्जाल वीबोमा आफ्नो एक–एकवटा आधिकारिक पेज मात्र रहेको पनि स्पष्ट पारे । ज्याकी यतिबेला फ्रान्सको कान फिल्म महोत्सवमा छन् ।

Comments