मलेसियामा रहेको नेप्लीज विजनेशद्वारा राहत
screennepal
प्रकाशित: २०७२, ५ जेष्ठ मंगलवार
no img

काठमाडौ । भूकम्पपीडितका लागि राहत वितरणमा यतिखेर विभिन्न संघसंस्था क्रियासिल रहेपनि कतिपय स्थानका पिडितले राहत पाउन सकेका छैनन् । यस्तै, अहिलेसम्म राहत नपुगेको नुवाकोटको देउराली गाबिसको वडा नं १,२ र ३ का बासिन्दालाई सोमबार राहत पु¥याइएको छ । सो वडाका ४ सय घरधुरीका पस्ीडितलाई चामल, दाल, तेल,नुनलगायतका खाध्य बितरण गरिएको थियो ।

k3
नायक÷निर्माता करण श्रेष्ठको पहलमा नेप्लीज बिजनेश एसोसियन केलाङ, मलेसियाले उक्त स्थानमा राहत पु¥याइएको हो । राहत बितरणका लागि एसोसियसनका अध्यक्ष राजन सुब्बा, कोषाध्यक्ष जयराम तिमल्सिना, सदस्य दिनेश थापा, सदश्य बमबहादर लामा, अभिनेता अर्जुन कार्कीलगायतको टोली देउराली पुगेका थिए । कार्यक्रममा एसोसियसनका अध्यक्ष सुब्बाले भूकम्पपीडितको सहयोगार्थ आफू मलेसियाबाट आएको बताउँदै आगामी दिनमा पनि विभिन्न स्थानका पीडितलाई सहयोग गर्ने बताए ।

Comments