भूकम्पपीडितको पक्षमा कलाकर्मीद्वारा सांकेतिक विरोध
screennepal
प्रकाशित: २०७२, २२ बैशाख मंगलवार
no img

काठमाडौ । महाभूकम्प पीडित कतिपयले अझैसम्म राहत पाएका छैनन् । सिन्धु पाल्चोक, काभ्रे, गोर्खा, धादिङलगायतका भूकम्प अति ग्रस्त जिल्लाका विकट बस्तीहरुमा राहत नपुग्दा पीडित आक्रोशित भएका छन् । यसैलाई मध्येजनर गर्दै माउण्ट फायर थिएटर ग्रुपको अगुवाइमा राजधानीस्थित पुतलीसडकमा चोकमा एक सांकेतिक प्रदर्शन गरिएको छ । भूकम्प पिडितहरुको राहतसम्बन्धित गाँउमा पुगेको छैन, लाशहरु उठाइएको छैन, राहतको नाममा भारतीय चलखेल बढेको छ, बिमानस्थलमा भारतीय वायुसेनाबाट अवरोध उत्पन्न भएको छजस्ता प्लेकार्डसहितको एक समूहले करिब डेढ घन्टा प्रदर्शन गरेका थिए ।

??????????

सांकेतिक प्रदर्शनमा चलचित्रकर्मी, रंगकर्मी, पत्रकारलगायत समाजका विभिन्न पेसा र वर्गका व्यक्तिहरु सहभागी थिए । थिएटर ग्रुपका अध्यक्ष सुरज अधिकारी, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक सुभाष गजुरेल, निर्देशक बिश्वदिप घिमिरे, अनिल खड्का, प्रकाशबाबु केसी, कुमार सिँखडा, आदर्श घिमिरेलगायतका कलाकर्मी सांकेतिक प्रदशृनमा सहभागी थिए ।

Comments