सुटिङमा व्यस्त छिन् मनीषा
screennepal
प्रकाशित: २०७२, ९ बैशाख बुधबार
no img

मुम्बई । निकै समयपछि अभिनेत्री मनीषा कोइराला सुटिङमा देखिएकी छन् । मनीषाले तमिल–कन्नड फिल्म ‘गेम’ को सुटिङ सुरु गरेकी छन् । ४४ वर्षीया मनीषाले फिल्मको सुटिङ अगाडि नै आफ्नो लुक सोसल मिडियामार्फत सेयर गरेकी थिइन् । मनीषाले आफ्नो ट्विटरमा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘बैंगलोरमा गेमको सुटिङका लागि’ ।

Manisha koirala

तस्बिरमा मनीषा कालो पहिरनमा क्राप हेयरस्टाइलमा देखिएकी छन् । उनी निकै खुसी रहेको तस्बिरमा झल्किन्छ । एएमआर रमेश निर्देशित ‘गेम’ मा मनीषाका अलावा अर्जुन सरजाको पनि मुख्य अभिनय रहने भएको छ । मनीषा र अर्जुनको यो दोस्रो फिल्म हो । अर्जुनले यसअघि अति सफलको तमिल फिल्म ’मुधालवन’ ‘मा मनीषासँगै काम गरिसकेका छन् ।
डिम्बाशयको क्यान्सर भएपछि मनीषा फिल्म क्षेत्रबाट अलग भएकी थिइन् । क्यान्सरबाट मुक्त भएपछि मनीषाले आफ्नो ‘आत्मकथा’ लेख्ने उद्घोष गरे थिइन् । तर, अझै केही वर्ष फिल्म क्षेत्रमै रमाउने भन्दै तत्काल आत्मकथा नलेख्ने बताएकी मनीषा अहिले तमिल फिल्ममा व्यस्त भएकी हुन् ।

Comments