फेरि छुट्टिए शंकर र पार्वती, जोडिइन् रश्मी
screennepal
प्रकाशित: २०७२, ३ बैशाख बिहीबार
no img

shankar - parbatiलोकदोहोरीमा लामो समयदेखि राज गरिरहेका शंकर विसी र पार्वती राईको जोडी फेरि टुटेको छ । एकपल्ट मनमुटाव भएपनि फेरि सँगै काम गर्न थालेका उनीहरु यसपल्ट भने जुट्नै नसक्ने गरी टाढिएका बताइएको छ ।
केही समयदेखि एउटै म्युजिक भिडियोमा देखिन छाडेका उनीहरुको बोलचालसमेत नरहेको निकटस्रोतले बतायो । ‘शंकरले एउटा कार्यक्रममा नाँच्नका लागि पार्वतीसँगै आउने भनेर आयोजकसँग सम्झौता गरेका थिए । पार्वतीले पनि तत्कालिन अवस्थामा सहमती जनाएकी थिइन् । तर, कार्यक्रमको समयमा आएर सँगै नृत्य गर्न जान अस्वीकार गरेपछि उनीहरुको जोडिएको सम्बन्धमा फेरि दरार आएको हो,’ एक लोकदोहोरी गायकले भने ।

11140005_924458590931253_3455887273919600870_n
पछिल्लो समय शंकरले आफ्नो जोडीका रुपमा रश्मी तामाङलाई छानेका छन् । अघिल्लो तीजदेखि नै रश्मीलाई शंकरले नचाएपनि यसपल्टदेखि शंकरको नयाँ जोडीका रुपमा उनीमात्रै रहेनछिन् । यतिबेला कतार कार्यक्रममा पनि उनले रश्मीलाई लिएका छन् । दुईपल्ट पार्वतीले धोका दिएको भन्दै शंकर पार्वसँग टाढिएका हुन् । शंकरसँग सम्बन्ध बिग्रिएपछि पार्वती अर्का म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट क्याम्पमा पुगेकी छिन् ।

Comments