हिरोइन लिएर निर्देशक बहराइनतिर
screennepal
प्रकाशित: २०७२, ३ बैशाख बिहीबार
no img

काठमाडौं । निर्देशक तथा अभिनेता सुर्दशन थापा हिरोइन पुजा शर्मालाई लिएर बहराइनतर्फ लागेका छन् । उनीहरु खाशमा आफ्नो चलचित्र ‘चंखे शंखे पंखे’ को प्रिमियरका लागि त्यसतर्फ लागेका हुन् । सो चलचित्र शुक्रबार बहराइनमा प्रिमियर हुँदै छ । सुदर्शन र पुजाको साथमा निर्माता सन्तोष सेन पनि गएका छन् । बुधबार मात्र सेन्सर बोर्डबाट प्यारेन्टल गाईडेन्स सटिर्टकिेट पाएको यो चलचित्र नेपाल रिलिज हुन अझै २७ दिन बाँकी छ । तर, त्यस अगाडि बहराइनका नेपाली दर्शकले चलचित्र हेर्न पाउने भएका छन् । चलचित्र हेर्नका लागि १५ सय बढी दर्शकले टिकट किनिसकेको निर्माता सेनले जनाएका छन् ।

chanke

बहराइन प्रस्थान गर्नअघि एयरपोर्टमा । तस्बिर : अनुप भट्टराई

‘सेन्सरमा चलचित्र हेरेपछि हाम्रो विश्वास अझ बढेको छ’ निर्माता सनेले भने, ‘त्यसैले बहराइनमा लगातर चार सो हुनसक्छ ।’ यो चलचित्र १ जेठबाट देशब्यापी प्रर्दशन हुँदै छ । चलचित्रमा कमेडीका साथमा राष्ट्रियताको कथालाई पनि रोचक ढंगमा उठान गरिएको निर्देशक थापाको दावी छ ।

Comments