हलिउडमा स्पर्धा गर्दै प्रशन्नको ‘होक्से’
screennepal
प्रकाशित: २०७२, २ बैशाख बुधबार
no img

काठमाडौं । म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रशन्न पौडेलले निर्माण गरेको सत्य घटनामा आधारित सर्ट फिल्म ‘होक्से’ले हलिउडमा स्पर्धा गर्दै छ । प्रशन्न निर्देशित ७ मिनेटको उक्त फिल्म अमेरिकाको सिकागोमा हुने ‘सिकागो फिल्म फेस्टिवल’ मा स्क्रिनिङका लागि छानिएको छ ।  उक्त सर्ट फिल्म अमेरिकाको लस एन्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवलका लागि समेत छनोट भएको छ । ३२ अप्रिल २३ देखि ३० सम्म चल्ने फेस्टिवलमा एसियाबाट प्रवेश पाउने एकमात्र फिल्म हो ‘होक्से’ । निर्देशक पौडेलका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा ‘होक्से’ एसियाबाट एकमात्र फिल्म छनोट भएको हो ।

hokse
‘होक्से’ एक त्यस्तो गाउँको सत्य कथा हो, जो काभ्रेपलाञ्चोक नजिकै पर्छ, जहाँका बासिन्दा ठगी र बाध्यताका कारण आप्mनो मृगौला बेच्न बाध्य छन् । रातो माटो भएका कारण मकैबाहेक केही नफल्ने गाउँका मानिस बाँच्न, पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्न बाध्य हुन्छन् । त्यहाँ सरकारी पहँुच खाशै पुगेको छैन । समाजका गन्यमान्य भनिएका मान्छेले नै उनीहरुलाई जीवनभर हेरिदिने, घर जग्गा दिने प्रलोभनमा पारेर ६० हजारदेखि १ लाख रुपियाँसम्म दिएर मृगौला किन्छन् । पाएपछि कहिल्यै फर्केर हेर्दैनन्’ निर्देशक प्रशन्नले भने ।
होक्सेको एउटा विपन्न सानो घरको प्रेमकथालाई केन्द्रित गर्दै निर्माण गरिएको ‘होक्से’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ र मधु न्यौरे प्रमुख भूमिकामा छन् । यस फिल्मको कथा नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले तयार पारेका हुन् । फिल्ममा परिकल्पना निर्देशक प्रशन्नकै रहेको छ भने छायांकन र संगीत रोेशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, विदुर पाण्डे र सम्पादन प्रकाश तुलाधरको रहेको छ । फेस्टिवलमा बाजी मार्ने फिल्मलाई ४८ हजार डलर पुरस्कार दिइने र एउटा फिल्म बनाउन दिने बताइएको छ ।

Comments