अब आर्यन र नम्रता ‘क्लासिक’ जोडी
screennepal
प्रकाशित: २०७२, १ बैशाख मंगलवार
no img

काठमाडौं । अभिनेता आर्यन सिग्देलले निर्माता सुवास गिरीसँग सहकार्य गर्दै दोश्रो चलचित्र ‘क्लासिक’ निर्माण गर्ने भएको छ । चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमबीच निर्माता गिरीका बुबाले पानसमा दिप प्रज्वल गर्दै फिल्म घोषणा गरेका छन् । चलचित्र ‘क्लासिक’ लाई दिनेश राउतले निर्देशन गर्दैछन् । उनले यसअघि यही टिमसँग मिलेर ‘नोभेम्बर रेन’ निर्देशन गरेका थिए । आँखा देख्न नसक्नेहरुको सांगीतिक प्रेम कथामा तयार हुन लागेको चलचित्रलाई छेतन गुरुङले कथा लेखेका हुन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्धन्द्ध, नितिन चन्दको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । कमल गिरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा जिवन भाई लाइन निर्माता छन् ।

classic-2

चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर रानाको मुख्य भूमिका रहेन जनाइएको छ । १५ वैशाखबाट छायांकन सुरु हुने चलचित्रलाई २९ माघमा रिलिज गर्ने लक्ष्य बनाएको निर्माता गिरीले बताउका छन् । आशिष पौडेलको पहिरन डिजाइन, विजय सुवेदी ‘आवाज’को मिडिया संयोजन रहने यस चलचित्रमा अतुल मैनाली ब्रान्ड म्यानेजर, सूर्य बुढोथोकी प्रोडक्शन म्यानेजर, शान थापाको सह निर्देशन, दिनेश रावतको मुख्य सहायक निर्देशन रहनेछ ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले क्लासिकलाई सांगीतिक प्रेम कथामा निर्माण गर्ने बताए । नायक तथा निर्माता आर्यन सिग्देलले दर्शकले नोभेम्बर रेनमा दर्शाएको भरोसालाई यो फिल्ममा पनि पूर्ती गर्ने बताए । अभिनेत्री नम्रता श्रेष्ठले क्लासिकमा काम गर्दा आफू उत्साहित भएको बताइन् । निर्माता सुवास गिरीले फिल्म क्लासिकको तर्फबाट आँखा देख्न नसक्ने विद्यार्थीको शिक्षामा सहयोग गर्ने बताए । उनले सुवास इन्टरटेन्मेन्टले हरेक बर्ष शिक्षामा लगानी गर्ने बताए

Comments