‘रामप्यारी’ रेखाका आमा–छोरा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, २९ चैत्र आईतवार
no img

तस्बिरमा देखिएका युवा अभिनेत्री रेखा थापाका नयाँ हिरो हुन् । सुटिङ सुरु भइनसकेको फिल्म ‘रामप्यारी’मा आभास अधिकारी डेब्यू हुँदै छन् । तस्बिरमा रेखाको ‘जोडी’ देखिएका यी युवासँग रेखाको असली नाता आमाछोराको हो । रेखा आफ्नै जेठी दिदीकी छोरालाई आफूले निर्माण गर्ने फिल्ममा हिरो बनाउँदै छिन् । लगातार नयाँ हिरोसँग फिल्म खेलिरहेकी उनी यसपल्ट आफ्नै नातेदारलाई भित्र्याउनुबारे भन्छिन्, ‘आर्यन सिग्देलपछि दर्शकले रेखाले अर्काे राम्रो हिरो भित्र्याइन् भन्नेछन् ।’ आभासको फिल्म खेल्ने इच्छा र त्यसका लागि गरेको मेहनत देखेर उनी राम्रो हिरो हुने संकेत देखेको बताइन् । तर,  फोटोसुटमा उनीहरूको केमेस्ट्री जमेको देखिन्छ ।
तस्बिरः सञ्जय रौनियार

rekah thap rekha thapa latest rekha

rekha thapa l Copyrekha thapa l Copy

Comments