दर्शक ओइरिँदा अष्टनारायणमा तनाव !
screennepal
प्रकाशित: २०७१, २८ चैत्र शनिबार
no img

aaaa

काठमाडौं । बालाजुस्थित अष्टनारायण सिनेमा हल परिसर शनिबार तनावमय बन्यो । सडककै छेउमा अवस्थित अष्टनारायणमा चलचित्र हेर्न पुगेका दर्शकका कारण करिब दुई घन्टा सवारी आवागमनमा समेत अवरोध पग्यो, जहाँ शुक्रबारदेखि नेपाली चलचित्र ‘नाईं नभन्नु ल–३’ रिलिज भइरहेको छ ।
दर्शक सोही चलचित्र हेर्न त्यहाँ पगेका थिए । तर, सिनेमा हल हाउसफुल भएका कारण धेरैले अष्टनारायणमा ‘नाईं नभन्नु ल–३’ हेर्न पाएनन् । ‘चलचित्र हेर्न भनेर आएको रित्तै फर्किनु प-यो’ बालाजुका कृष्ण नापितले भने, ‘यस्तो हाउसफुल त कुहिनुरपछि पहिलोपटक देखेको हुँ ।’
हो, सिनेमा हल हाउसफुल भएपछि निर्माणपक्ष भने दंग भए । तर, दर्शकले चलचित्र हेर्न नपाउँदा खिन्न मन बनाएर घर फर्केका थिए । चलचित्रको सञ्चार संजोजक तथा कलाकार उत्तम केसीले भने, ‘बिहानैदेखि यही छु । दर्शकको क्राउड उस्तै छ । अन्य हलमा पनि हाम्रो चलचित्र ओभरफ्लो भइरहेको छ ।’ उनले बिग, क्युएफएक्सलगायत उपत्यकाबाहिरबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए ।

astanarayan
चलचित्रको प्रिमियरमा कलाकार र सञ्चारकर्मीले बिग सिनेमा हाउस हाउसफुल भएको थियो । तर, शनिबार भने दर्शकले नै हाउसफुल भएपछि निर्माणपक्ष प्रफुल्ल देखिए । वर्ष ०७१ के अन्त्यमा रिलिज भएको ‘नाईं नभन्नु ल–३’ चलचित्र क्षेक्रलाई समेत केही राहत दिलाएको छ । यस चलचित्रको दोस्रो सिक्वेलले वर्षको सुरुवातमै राम्रो दर्जा पाएको थियो । त्यसैले पनि निर्माणपक्षले तेस्रो संस्करणबाट सकरात्मक अपेक्षा गरिएको थियो ।
चलचित्र ‘नाईं नभन्नु ल–३’ सिंगल पर्दालगायत बिग, क्युएफएक्सलगायत देशका ४० सिनेमा हलमा रिलिज भइरहेको छ । यस चलचित्रको लेखन तथा निर्माण विकास आचार्यले गरेका हुन् । निर्देशनको जिम्मा भने उनले मुस्कान ढकाललाई दिएका हुन् । मुस्कानको यो पहिलो निर्देशित चलचित्र हो । मुस्कानले यसअघि शिव रेग्मीको सहायक भएर काम गरेका थिए । चलचित्रमा सुरजसिंह ठकुरी, सञ्चिता लुइँटेल, प्रियंका कार्की, आर्यन सिग्देल, गरिमा पन्त, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ ।

Comments