कंगना कथन : अबको स्टार अभिनेत्री मै हुँ
screennepal
प्रकाशित: २०७१, २६ चैत्र बिहीबार
no img

मुम्बई । दुईपटक ‘नेसनल अवार्ड’ विजेता रहिसकेकी बलिउड अभिनेत्री कंगना रानावत सिधा र बेकुफ अभिव्यक्तिका कारण बलिउडमा चर्चित छिन् । यी अभिनेत्रीले चर्चित पत्रकार अनुपमा चोपडाको कार्यक्रम ‘फ्रन्ट रो–कन्भर्सेसन अन सिनेमा’ को लञ्चिङका अवसरमा पनि केही किस्सा सेयर गरेकी छन् । कंगनाले भनिन्, ‘जतिखेर म यतिका सफल थिइनँ, त्यो समयमा कसैले मेरो अन्तर्वार्ता लिँदैनथ्यो । र, बल्लैले मलाई एउटा प्रश्न सोधिन्थ्यो ।’ साथै, सोनम वा दीपिकामध्ये नेक्स्ट जेनरेसनको सुपरस्टार अभिनेत्री को हुन् ? यस प्रश्नमा कंगनाले भनिन्, ‘यसको जवाफ तपाईंलाई कसरी दिऊँ ? न दीपिका न त सोनम, नेक्स्ट जेनरेसनको स्टार मै हुँ ।’

kangna ranaut
कंगनाले सधैँ भन्दै आएकी छन् कि, उनी अवार्ड कार्यक्रममा जान रुचाउँदिनन् । उनी भन्छिन्, ‘म धेरै लजालु छु । मलाई डरले आक्रमण गरिहाल्छ र मेरो पसिना छुट्छ । यसैले पनि अवार्ड सोमा जाँदिनँ ।’ उनले आफूलाई धेरै ‘संवेदनशील’ बताइन् । उनले भनिन्, ‘म संवेदनशील छु र आलोचनालाई गम्भीर रूपमा लिन्छु । आलोचनाबाट बच्नकै लागि ट्विटरजस्ता सोशल नेटवर्किङ साइटबाट टाढा रहेकी छु ।’

Comments