सन्नी भन्छिन्, ‘प्रेगनेन्ट हुन चाहन्नँ’
screennepal
प्रकाशित: २०७१, २५ चैत्र बुधबार
no img

मुम्बई । थाहा भएकै कुरा हो, सन्नी नियोन एक पोर्न स्टार हुन् । उनी हिजो पोर्न स्टार थिइन् र भोलि पनि । हाल बलिउडमा करिअर बनाइरहेकी सन्नीले बताइसकेकी छन् कि ‘म आफ्नो पुरानो छविलाई पनि मेटाउन चाहन्नँ । पोर्न स्टार नभएको भए मेरा लागि बलिउड इन्ट्री सजिलो हुँदैनथ्यो ।’

sunny-leone
हो, सन्नी लियोन पोर्न फिल्मबाट चम्किएपछि नै रियालिटी सो ‘बिग बोस’ मा इन्ट्री गर्ने चान्स पाएकी हुन् । चर्चित भारतीय टेलिभिजन रियालिटी सो ‘बिग बोस’पछि उनले बलिउडमा पाइला राख्ने अवसर पाइन् । र, बलिउडमा छुट्टै पहिचान बनाउने सोचमा रहेकी सन्नीले अहिल्यै बच्चाकी आमा बन्ने सोच नभएको बताएकी छन् ।
बलिउडमा ‘हट गर्ल’ का रूपमा चिनिएकी सन्नीले एक इभेन्टमा भनिन्, ‘म अहिल्यै प्रेग्नेन्ट हुन चाहन्नँ ।’ घरजम र परिवारबारे एक प्रसंगमा उनले भनिन्, ‘म भन्न चाहुुन्छ कि, अहिलेसम्म आफ्नो परिवारबारे केही सोचेकै छैन । यसलाई झुटो नसम्झनु होला, शारीरिक रूपमा मेरा लागि प्रेग्नेन्ट हुने यो सही समय होइन ।’
सन्नीले सन् २००९ मा डेनियल विबरसँग विवाह गरेकी थिइन् । सन्नीका अनुसार हिजोआज डेनियलले हिन्दी सिक्दै छन् । डेनियल चाँडै एक बलिउड फिल्ममा देखिँदै छन् । त्यसैले डेनियलले हिन्दी बोल्न सिकेको सन्नीको भनाइ छ । डेनियल फिल्म ‘डेन्जरस हुस्न’ मार्फत बलिउड इन्ट्री गर्न लागेका हुन् । नेत्रा सिनेमेटिक्सले निर्माण गर्ने यस फिल्मको निर्देशन दिनेश तिवारीले गर्दै छन् ।

Comments