पाँच अभिनेत्रीसँग चक्कर चलाएका शाहिदको बिहे मीरासँग !
screennepal
प्रकाशित: २०७१, २५ चैत्र बुधबार
no img

मुम्बई । फिल्मी करिअरसँगै अभिनेत्रीसँगको चक्करका कारण शाहिद कपुरले बलिउडमा ‘लभर ब्वाय’को उपमा पाएका हुन् । ‘चक्लेटी’ भएकै कारण उनका पछाडि अभिनेत्री लाम लाग्ने गरेका छन् । अहिलेसम्म उनको नाम पाँच अभिनेत्रीसँग जोडिसकेको छ । पहिलोपटक शािहदको नाम अभिनेत्री अमृता रावसँग जोडिएको थियो । जब उनीहरूले फिल्म ‘इश्क विश्क’ मा सँगै काम गरे, तब अफेयरको हल्ला बाहिएको थियो । शाहिद र अमृताको प्रेम रोमान्सका खबरले एकताका बलिउडमा रामै्र स्थान पाएको थियो । तर, उनको अमृतासँग लामो समय सम्बन्ध टिक्न सकेन । अमृतासँग ‘ब्रेकअप’लगत्तै शाहिदले अफेयर अभिनेत्री करिना कपुरसँग सुरु गरे । फिल्म ‘जब वी मेट’ मा यी दुईको केमिस्ट्री दर्शकले रुचाएका थिए । तर, करिनासँग पनि शाहिदको अफेयर लामो समय टिक्न सकेन । शाहिदसँग ‘ब्रेकअप’ गरेपछि करिनाले अर्का अभिनेता सैफ अलि खानसँग विवाह गरिन् ।

Shahid-Kapoor
करिना सैफसँग बाँधिएपछि शाहिदको अफेयर अभिनेत्री प्रियंंका चोपडासँग सुरु भएको थियो । फिल्म ‘कमिने’ मा सँगै काम गरेपछि उनीहरू नजिक भएका थिए । ‘कमिने’ मा यी दुईको जोडी दर्शकले अति रुचाएका थिए । तर, ‘रिल’मा रुचाइएका यी जोडी ‘रियल’ मा भने असफल भए । उनीहरूको प्रेम रोमान्सको हल्ला सुरु भएको केही समयमै ‘ब्रेकअप’ भयो । ‘लभर ब्वाय’ त परे, प्रियंकासँग ‘ब्रेकअफ’ हुनेवित्तिकै शाहिद अभिनेत्री विद्या बालनतिर लागे । फिल्म ‘किस्मत कनेक्सन’ मा सँगै देखिएपछि शाहिद र विद्याको अफेयर कनेक्सनको सुरु भएको थियो । विद्या र शाहिदको अफेयरको हल्लाले बलिउडमा हंगामै मच्चाएको थियो । तर, त्यो हल्ला, हल्लामै सीमित बन्यो । पछिल्लो समय यी ‘लभर ब्वाय’ले अभिनेत्री सोनाक्षी सिन्हासँग रोमान्स सुरु गरे । फिल्म ‘आर. राजकुमार’ मा सँगै देखिएपछि उनीहरूको अफेयरको पनि चर्चा सुरु भएको हो । यतिसम्म कि शाहिदले सोनाक्षीलाई नै जीवन साथी बनाउने छन् । तर, अनुमान गरेभन्दा फरक निर्णय शाहिदले गरेका छन् । उनले फिल्मी क्षेत्रभन्दा बाहिरका युवतीसँग विवाह गर्दै छन् ।
अन्नतः शाहिदको दिल्लीकी मीरा राजपुतसितै विवाह हुने पक्का भएको हो । केही साताअघि मात्रै अभिनेता शाहिद र मीराको ‘इन्गेजमेन्ट’ भएको चर्चा चलेको थियो । तर, मीराले ‘इन्गेजमेन्ट’ भएको खबरलाई खन्डन गरेकी थिइन् । पछिल्लो समाचारअनुसार शाहिद र मीराको विवाह हुने पक्का–पक्की भइसकेको छ । विभिन्न भारतीय मिडियाले जनाएअनुसार दिल्लीकी स्थानीय मीरासँग आउँदो जुनमा लगनगाँठोकस्ने पक्का भएको हो । शाहिदको पारिवारिक सूत्रका अनुसार शाहिद र मीराको १० जुनमा भव्य विवाह समारोह हुँदै छ । यसमा दुवैका परिवार सहमत भइसकेको बताइन्छ । अहिले विवाहको तयारीसमेत सुरु भएको बताइएको छ । चर्चा गरिएअनुसार शाहिद र मीराको विवाहमा उनीहरूका परिवार र नजिकका साथीलाई मात्र निम्ताइने तयारी गरिएको छ । तर, शाहिदले आफ्ना फिल्म सहकर्मीका लागि छुट्टै भव्य रिसेप्सन पार्टी दिने जनाइएको छ । शाहिदको परिवारिक एक सूत्रका अनुसार १० जुन एउटा अप्सन मात्र हो । अझै कुन तारिखमा गर्ने भन्ने सल्लाह भइरहेको छ । त्यसैले १० ताारिखबाहेक अन्य दिनमा पनि हुनसक्ने स्रोतको भनाइ छ । विवाहको तयारी भने भइरहेको ती स्रोतले बताए ।

Comments