प्रचारविनै आउँदै छ ‘नाईं नभन्नु ल–३’
screennepal
प्रकाशित: २०७१, २२ चैत्र आईतवार
no img

काठमाडौं । २७ चैत्रबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ३’ को खाशै प्रचारमा जोड दिइएको छैन ।  प्रचारविना पनि चलचित्रले राम्रो व्यापार गर्न सक्छ भन्ने निर्माणपक्षको आत्मविश्वासले हुनसक्छ । त्यसैले चलचित्रको प्रचारलाई सामान्य रुपमा अगाडि बढाइएको छ । चलचित्र भित्र थुप्रै कलाकारको बाहुल्यता भएपनि उनीहरुलाई प्रचारमा अगाडि सारिएको छैन ।

nai-na-bhannu-la-3
यसपटक निर्देशन छाडेर निर्माता मात्र बनेका विकास आचार्यले आफूलाई आफ्नो चलचित्रको बिषयवस्तुमा विश्वास भएको बताउँछन् । ।  विकासले आफूलाई कलाकार भन्दा पनि बिषयवस्तुमा बढी विश्वास भएको बताएका छन् । चलचित्र चल्तीका कलाकार पनि छन् । मुष्कान ढकाललाई निर्देशनको जिम्मा दिएको विकासले ‘नाई नभन्नु ल–३’ हेरेपछि दर्शकले एउटा उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिने दावी गरेका छन् । चलचित्रको प्रदर्शनभन्दा केही दिन अगाडि नै सोमबार बिग सिनेमा ‘नाई नभन्नु ल–३’ को प्रिमियर गरिँदै छ। चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइटेल, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मीलगायतको अभिनय छ ।

Comments