वातावरणबारे जनचेतना जगाउन म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७१, २० चैत्र शुक्रबार
no img

news photo

काठमाडौं ।  वातावरणबारे जनचेतना जगाउन चिल्ड्रेन फर अ ग्रीन न्यु नेपाल ‘सिजीएनएन’ले म्युजिक भिडियो निर्मण गरेको छ । विभिन्न गायिकाले गाएको उक्त गीतको भिडियो ¥यापर निर्णय श्रेष्ठ ‘एनएसके’ले निर्देशन गरेका छन् । उक्त गीत तथा म्युजिक भिडियो शुक्रबार राजधानीमा एक समारोबीच सार्वजनिक गरिएको छ । एल्बम तथा म्युजिक भिडियोलाई सम्बन्धीत कलाकारले नै सार्वजनिक गरेका थिए । ‘नयाँ संसार’ मा निर्णयका अलावा प्राश्ना शाक्य, सिनी गुरुङ, आस्था बी, निखिता थापा, समीक्षा बस्नेत र विजय प्रजापतिको स्वर रहेको छ । गीतका संगीतकार तथा भिडियो निर्देशक निर्णयले नयाँ र पुराना पुस्ताका कलाकारलाई समेटेर वातावरणबारे गीत तयार पारेको बताए । उनले भने, ‘जनचेतना जोगाउन मनोरञ्जनाको माध्यम प्रभावकारी हुने भएकाले यो म्युजिक भिडियो निर्माण गरेको हुँ ।’ चिल्ड्रेन फर अ ग्रीन न्यु नेपाल ‘सिजीएनएन’को प्रस्तुती रहेको उक्त गीत तथा म्युजिक भिडियो निर्माण गर्न निकै मिहिनेत गरेको पनि निर्णयले बताए । ‘धेरैजना कलाकार भएकाले सबैलाई एकै ठाउँमा जुटाउन निकै मुश्किल परेको थियो’ कार्यक्रममा निर्णयले भने, ‘तैपनि सबै साथीहरुको सहयोगले म्युजिक भिडियो तयार भएको छ ।’
सिजीएनएनले आयोजना गरेको कार्यक्रममा गीतका अधिकांश कलाकार उपस्थित थिए । म्युजिक भिडियोमा गायक/गायकाका अलावा मोडलिङ शुभेच्छा खड्का र नग्मा श्रेष्ठको पनि अभिनय रहेको छ । सिजीएननकी ब्रान्ड एम्बेसडरसमेत रहेकी गायिका सिनी गुरुङले भनिन्, ‘यस म्युजिक भिडियोले वातावरणसम्बन्धी जनचेतना जगाउन सहयोग पुग्ने मलाई विश्वास छ ।’ कार्यक्रममा म्युजिक भिडियो तयार गर्दाको अनुभवले त्यसले समाजमा पु-याउन सक्ने प्रभावबारे कलाकारले आ–आफ्नो धारणा राखेका थिए ।

Comments