नयाँ ‘मिस इन्डिया’ अदिती भन्छिन्, ‘अवश्य फिल्म खेल्छु’
screennepal
प्रकाशित: २०७१, १९ चैत्र बिहीबार
no img

मुम्बई । यस वर्षकी ‘मिस इन्डिया’ अदिती आर्याले बलिउडमा पाइला राख्ने सोच बनाएकी छन् । २१ वर्षीया अदितीले आफ्नो अगाडि आएको अवसर नछाड्ने बताउँदै फिल्ममा पनि काम गर्ने बताएकी हुन् । अनुसन्धान विश्लेषकसमेत रहेकी आदितिले एक प्रशंगमा भनिन्, ‘अहिले मेरो पूरै ध्यान मिस वल्र्डमा छ । म भारतलाई मिस वल्र्डको उपाधि दिन चाहन्छु । तर, यसपछि आफ्नो भाग्य बलिउडमा पनि अज्माउन सक्छु । मेरो अगाडि आएको अवसर सकेसम्म चुकाउँदिनँ ।’

Aditi-Arya-Miss-India-2015
ब्याचलर अफ बिजनेस स्टडिज ‘बिबिएस’ स्नातक अदितिले ग्ल्यामर दुनियाँ आफ्नो उच्च शिक्षाबीच तालमेल बनाउन चाहेकी बताइन् । उनले भनिन्, ‘म एक अनुसन्धान विश्लेषकका रूपमा पूर्णकालीक काम गरिरहेकी छु । यसलाई जारी राख्ने छु । अहिले इन्डियन स्कुल अफ बिजनेस ‘आइएसबी’ मा पनि कक्षा लिइरहेकी छु, जहाँबाट एमबीए गर्न चाहन्छु ।’ उनले सानो हुँदा ‘मिस इन्डिया’ हुनेबारे केही नसोचेको बताइन् । उनले भनिन्, ‘मिस इन्डिया बन्छु भन्ने त सोचेकै थिएन । तर, सधै भारतको प्रतिनिधित्व गर्न चाहन्थेँ । मैले मोडल युनाइटेड नेसन्समा पनि काम गरेकी छु ।’ रघुराम राजनजस्ता व्यक्तिले आफूलाई प्रेरित गर्ने अदितीले सुनाइन् । उनले ठूलो आर्थिक पत्रिकामा लेख लेखेर आफ्नो विचार प्रवाह गर्न चाहेको पनि बताइन् । ‘मान्छेले मलाई चिने र सुने’ उनले भनिन्, ‘अब मेरो विचार उहाँहरूसम्म पु¥याउनु चाहन्छु ।’

Comments