केटीको चाहना १० सन्तान
screennepal
प्रकाशित: २०७१, १५ चैत्र आईतवार
no img

लन्डन । टिभी स्टार तथा मोडल केटी प्राइसले १० सन्तानको आमा बन्ने इच्छा रहेको बताएकी छन् । उनले भनिन्,‘जब मेरो जीवन हुन्छ, तब म १० बच्चाको आमा बन्न चाहन्छु ।’ केटीले आफूले यतिका धेरै सन्तान जन्माउन असमर्थ गरे, आफूलाई कारबाही गरे पनि फरक नपर्ने बताइन् ।

Katie-Price
३६ वर्षीया केटीका पाँच बच्चा १३ वर्षीय हार्वी, ९ वर्षका प्रिन्सेस, डेढ वर्षकी जेट र ७ महिनाकी बनी छन् । एक वेबसाइटका अनुसार, केटीले पत्रिका ‘इएस’ लाई भनेकी छन्, ‘म चाहन्छु, एक दिन म आफ्नो किचेन टेवलमा १० बच्चासँग खेलिरहने छु । उनीहरू मेरो काममा सहयोग गर्नेछन् ।’
किरान हेयलरसँग बैवाहिक बन्धनमा बाँधिएकी केटीले भनिन्, ‘म यही विवाहलाई सफल बनाउन चाहन्छु । म परिवार बढाउन सकँु । जब मलाई डाक्टरले आमा बन्न सक्दैनौ भन्छ, तब मात्र बच्चा नजन्माउने बारे सोच्ने छु ।’ जेट र बनी किरान र केटीको सन्तान हुन् भने हार्वी, जूनियर र प्रिन्सेस उनका पूर्वप्रेमी तर्फका हुन् । अहिले सबै सन्तान केटीसँगै छन् ।

Comments