आदिती बनिन् नयाँ मिस इन्डिया
screennepal
प्रकाशित: २०७१, १५ चैत्र आईतवार
no img

मुम्बई । दिल्ली युनिभर्सिटीमा अध्ययनरत अदिति आर्या यस वर्षकी ‘मिस इन्डिया’ बनेकी छन् । मम्बईस्थित यशराज स्टुडियोमा सम्पन्न प्रतियोगितामा फस्ट रनरअप मुम्बईकी आफ्रीन रेचल बनिन् भने सेकेन्ड रनरअपको ताज लखनऊको आईटी कलेजमा अध्ययनरत वर्तिका सिंह भइन् ।

miss
शनिबार साँझ आयोजित प्रतियोगितामा अभिनेत्री करिना कपुर र अभिनेता शाहिद कपुरले परफेन्स गरेका थिए । कार्यक्रममा ‘कमेडी नाइट्स विद कपिल’ को ‘पलक’ र ‘दादी’ले पनि पर्फमेन्स गरेका थिए । ‘फेमिना मिस इन्डिया’ मा दिल्लीका सुन्दरीको दबदबा रहेको थियो । दिल्लीकै श्रीराम कलेज अफ कर्मसकी छात्रा दीक्षा कौशल टप पाँचमा पर्न सफल भइन् । त्यस्तै, दिल्ली युनिभर्सिटीकै छात्रा रुशाली राय टप टेनमा परेकी थिइन् ।

Comments